• जेष्ठ १३, २०८२
  • No Comment
  • 88

लिभरपुल क्लबको विजय र्‍यालीमा कार घुस्दा ४७ घाइते, दुईको अवस्था गम्भीर

लिभरपुल : लिभरपुल फुटबल क्लबको प्रिमियर लिग उपाधि विजयको उत्सवमा आयोजित र्यालीमाथि एक व्यक्तिले अन्धाधुन्ध कार चलाउँदा ४७ जना घाइते भएका छन्। घाइतेमध्ये एक बालकसहित दुई जनाको अवस्था गम्भीर छ। सोमबार साँझ लिभरपुलको वाटर स्ट्रिटमा हजारौं लिभरपुल क्लबका समर्थकहरू विजय परेडमा सहभागी भइरहेको बेला घटना भएको हो। प्रत्यक्षदर्शीहरूका अनुसार, तीव्र गतिमा आएको खैरो रङको फोर्ड ग्यालेक्सी कार एक्कासी भीडमा पसेको थियो।  कारले चार जनालाई च्यापेको र केही समय उनीहरू गाडीमुनि फसेको बताइएको छ।

घटनापछि मर्सीसाइड प्रहरीले ५३ वर्षीय एक बेलायती पुरुषलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार, उक्त व्यक्ति एक्लै संलग्न थिए र घटना आतंकवादसँग सम्बन्धित नरहेको अधिकारीहरूको भनाइ छ। नर्थ वेस्ट एम्बुलेन्स सेवाले २७ जना घाइतेलाई तत्काल अस्पताल पुर्याएको जानकारी दिएको छ। अन्य केहीलाई घटनास्थलमै प्राथमिक उपचार दिइएको थियो घटनाप्रति बेलायती प्रधानमन्त्री केयर स्टारमरले दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले लेखेका छन्, ‘लिभरपुलको दृश्य भयावह छ।  मेरो संवेदना घाइते र प्रभावित सबैसँग छ।’

लिभरपुल फुटबल क्लब, प्रिमियर लिग र फुटबल समुदायका अन्य सदस्यहरूले पनि घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितहरूप्रति सहानुभूति प्रकट गरेका छन्।प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ र आम नागरिकहरूलाई कुनै पनि सूचना वा भिडियो प्रमाणहरू भए उपलब्ध गराउन प्रहरीले आह्वान गरेको छ।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *