• जेष्ठ १३, २०८२
  • No Comment
  • 100

लिभरपुल क्लबको विजय र्‍यालीमा कार घुस्दा ४७ घाइते, दुईको अवस्था गम्भीर

लिभरपुल : लिभरपुल फुटबल क्लबको प्रिमियर लिग उपाधि विजयको उत्सवमा आयोजित र्यालीमाथि एक व्यक्तिले अन्धाधुन्ध कार चलाउँदा ४७ जना घाइते भएका छन्। घाइतेमध्ये एक बालकसहित दुई जनाको अवस्था गम्भीर छ। सोमबार साँझ लिभरपुलको वाटर स्ट्रिटमा हजारौं लिभरपुल क्लबका समर्थकहरू विजय परेडमा सहभागी भइरहेको बेला घटना भएको हो। प्रत्यक्षदर्शीहरूका अनुसार, तीव्र गतिमा आएको खैरो रङको फोर्ड ग्यालेक्सी कार एक्कासी भीडमा पसेको थियो।  कारले चार जनालाई च्यापेको र केही समय उनीहरू गाडीमुनि फसेको बताइएको छ।

घटनापछि मर्सीसाइड प्रहरीले ५३ वर्षीय एक बेलायती पुरुषलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार, उक्त व्यक्ति एक्लै संलग्न थिए र घटना आतंकवादसँग सम्बन्धित नरहेको अधिकारीहरूको भनाइ छ। नर्थ वेस्ट एम्बुलेन्स सेवाले २७ जना घाइतेलाई तत्काल अस्पताल पुर्याएको जानकारी दिएको छ। अन्य केहीलाई घटनास्थलमै प्राथमिक उपचार दिइएको थियो घटनाप्रति बेलायती प्रधानमन्त्री केयर स्टारमरले दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले लेखेका छन्, ‘लिभरपुलको दृश्य भयावह छ।  मेरो संवेदना घाइते र प्रभावित सबैसँग छ।’

लिभरपुल फुटबल क्लब, प्रिमियर लिग र फुटबल समुदायका अन्य सदस्यहरूले पनि घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितहरूप्रति सहानुभूति प्रकट गरेका छन्।प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ र आम नागरिकहरूलाई कुनै पनि सूचना वा भिडियो प्रमाणहरू भए उपलब्ध गराउन प्रहरीले आह्वान गरेको छ।

सम्बन्धित खबर

Decoding eCheck Casinos: A Canadian Industry Analyst’s Deep Dive

Introduction: Why eCheck Matters to Your Canadian Casino Strategy Hello, fellow industry analysts! In the dynamic world of online gambling, staying…

Freshbet: Nová Hvězda na Scéně Online Hazardu pro Zkušené…

Úvod: Proč by Zkušení Hráči Měli Věnovat Pozornost Freshbet? Pro zkušeného hráče, který se orientuje v online hazardu, je neustálé hledání…
हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौं — महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी तथा प्रवक्ता…

Leave a Reply

Your email address will not be published. Required fields are marked *