• जेष्ठ १२, २०८२
  • No Comment
  • 32

९औँ एसिया गोजुरियो कराते प्रतियोगितामा नेपालले जित्यो तीन स्वर्ण

२०२५ मे २४ र २५ मा श्रीलंकाको कोलम्बोमा सम्पन्न ९औँ एसिया गोजुरियो कराते प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । नेपालबाट गएका खेलाडीहरूले तीनवटा स्वर्ण पदक जितेका छन् ।

यो प्रतियोगितामा नेपालबाट रवि शाहीको नेतृत्वमा खेलाडी र रेफ्रीहरूको टोली सहभागी भएको थियो । एनोज महर्जनले सिनियर व्यक्तिगत काता विधामा स्वर्ण पदक जिते । करिना पुरीले सिनियर कुमुते-५५ केजी तौल समूहमा स्वर्ण जितिन् भने मनिषा रानाभाटले ६१ केजीभन्दा माथिको तौल समूहमा स्वर्ण पदक जितेकी छन् ।

खेलाडीहरूजस्तै, रेफ्रीहरूको प्रदर्शन पनि सफल रह्यो । नेपालबाट गएका सबै रेफ्रीहरूले रेफ्री परीक्षा पास गर्न सफल भए । सहभागी रेफ्रीहरूमा करिना पुरी, मनिषा रानाभाट, तिलु राना, सन्दीप थापा र मान बहादुर भर्ताल रहेका छन् ।

प्रतियोगितामा नेपाली टोलीको समर्पण, मेहनत र आत्मविश्वास स्पष्ट देखियो। खेलाडी र रेफ्री दुवैको सफलताले अन्तर्राष्ट्रिय स्तरमा नेपालको कराते खेलको छवि अझ मजबुत बनेको छ।

सम्बन्धित खबर

आज साउन १५ : देशभर खीर खाएर मनाइँदै

आज साउन १५ : देशभर खीर खाएर मनाइँदै

साउन १५ — आज साउन १५ गते, देशभर खीर खाएर विशेष परम्परागत ढंगले मनाइँदैछ। नेपाली समाजमा वर्षायामका विशेष दिनहरूलाई परिकारहरू मार्फत…
कैलाश-मानसरोवर दर्शन अब नेपालबाटै: हुम्लाको लाप्चामा बन्यो भव्य पर्यटकीय पूर्वाधार

कैलाश-मानसरोवर दर्शन अब नेपालबाटै: हुम्लाको लाप्चामा बन्यो भव्य पर्यटकीय…

हुम्ला। अब पवित्र कैलाश मानसरोवरको दर्शनका लागि नेपालबाटै सहज हुने भएको छ। हुम्लाको नाम्खा गाउँपालिका–६, लिमीस्थित पाँच हजार मिटर उचाइको लाप्चा…
खरानीबाट उठ्दै सुर्खेतका व्यवसायी: आगलागीले ध्वस्त पसललाई बीमाको २ करोडको सहारा

खरानीबाट उठ्दै सुर्खेतका व्यवसायी: आगलागीले ध्वस्त पसललाई बीमाको २…

सुर्खेत। सुर्खेतमा केही महिनाअघि भएको विनाशकारी आगलागीबाट आफ्नो व्यापार-व्यवसाय गुमाएका एक व्यवसायीले बीमा रकम पाएपछि राहतको सास फेरेका छन्। आगलागीले खरानी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *