• जेष्ठ ११, २०८२
  • No Comment
  • 87

एमालेबाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरुको भेला आजदेखि, प्रधानमन्त्रीले सम्बोधन गर्ने

११ जेठ, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश कमिटीले आज वडाध्यक्षहरुको भेला बोलाएको छ । भेलालाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विहान ११ बजे उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम छ ।

ललितपुरको गोदावरी स्थित होटल भ्यू भृकुटीमा आयोजित भेलामा बागमती प्रदेश अन्तर्गतका स्थानीय तहहरुमा एमालेबाट निर्वाचित ३५९ जना वडाध्यक्षहरुलाई बोलाइएको छ । भेला आज र भोलि दुई दिन सञ्चालन हुनेछ ।निर्वाचित जनप्रतिनिधिको सबैभन्दा तल्लो निकायका रुपमा वडाध्यक्षहरुबाट एमाले र वर्तमान सरकारप्रति आम जनताको धारणा बुझ्दै उनीहरुमा भएका अस्पष्टता र भ्रम चिर्ने प्रयास स्वरुप भेला बोलाइएको एमालेका एक नेताले बताए ।

बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईले पार्टीको संगठन विस्तारका लागि जनताका अपेक्षाहरु संकलन गरेर त्यसअनुसार नीति तथा कार्यक्रम तय गर्नका लागि वडाध्यक्षहरुको भेला बोलाइएको जानकारी दिए ।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *