• जेष्ठ ८, २०८२
  • No Comment
  • 146

आजको मौसम 

काठमाडौँ । देशभर हाल पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण पाँच प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने तराईका केही भू-भागमा तातो हावा बहिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी क्षेत्रहरूमा हाल आंशिकदेखि सामान्य बदली रहेको छ, भने बाँकी भागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको  छ।

दिउँसो कोशी, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना समेत रहेको छ।

राति कोशी, मधेश, गण्डकी लगायत पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ, भने अन्य क्षेत्रहरूमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

महाशाखाले विशेष गरी कोशी, मधेश, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग र वर्षाको सम्भावनाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

सम्बन्धित खबर

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…
गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

काठमाडौं । गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्न पर्याप्त पानी पिउनु अत्यन्त आवश्यक मानिन्छ । तर तिर्खा लाग्दा धेरैलाई एउटा प्रश्नले अलमल्याउँछ—फ्रिजको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *