• जेष्ठ ८, २०८२
  • No Comment
  • 24

आजको मौसम 

काठमाडौँ । देशभर हाल पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण पाँच प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने तराईका केही भू-भागमा तातो हावा बहिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी क्षेत्रहरूमा हाल आंशिकदेखि सामान्य बदली रहेको छ, भने बाँकी भागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको  छ।

दिउँसो कोशी, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना समेत रहेको छ।

राति कोशी, मधेश, गण्डकी लगायत पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ, भने अन्य क्षेत्रहरूमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

महाशाखाले विशेष गरी कोशी, मधेश, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग र वर्षाको सम्भावनाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

सम्बन्धित खबर

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोट। जाजरकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ। भेरी नगरपालिका-६, गंगटियाकी ८ वर्षीया बालिका दिक्षा शाहीको उपचारका क्रममा मृत्यु भएको…
सुर्खेत प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर

सुर्खेत प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा…

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतस्थित प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अस्पतालको बिलिङबाट संकलन…
सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

 (सोमबार) नेपाली बजारमा छापावाल सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *