• जेष्ठ ७, २०८२
  • No Comment
  • 154

पोखरा विमानस्थलको छानबिन अझै गहिराइमा पुग्नुपर्छ भन्ने मेरो पूरक मत हो– गोकुल बास्कोटा

नेकपा एमालेका नेता एवं प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सदस्य गोकुल बास्कोटाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताबारे अझै गहिरो छानबिन गर्नुपर्ने आफ्नो मत रहेको बताएका छन् । आफूले फरक मत नभई पूरक मत राखेको उनले बताए ।
बुधबार लेखा समिति बैठकमा उपसमितिको प्रतिवेदनमाथिको छलफलका क्रममा बास्कोटाले प्रतिवेदनलाई अझै पूर्णता दिनुपर्ने बताएका हुन् ।
‘प्रतिवेदनमा अलिकति पुगेन भन्ने मेरो कुरा हो, थप तथ्यांक पत्ता लगाउन सकिन्थ्यो होला, त्यो समेटिएन । प्रतिवेदनमा सबै पनि छ, केही पनि छैन । अझै अपूरो छ,’ बास्कोटाले भने ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन संयोजकत्वको उपसमितिका सदस्यसमेत रहेका बास्कोटाले प्रतिवेदनमा आफ्नो फरक मत नभई पूरक मतको रूपमा रहेको बताएका हुन् । ‘उपसमितिको छानबिन प्रक्रियाले लामो समय लिएको छ । उपसमितिले उजागर गरेका विषयमा सम्बन्धित निकायका पदाधिकारीसँग लिखित प्रश्न राख्नुपर्ने थियो । अर्थ मन्त्रालयले जवाफ दिएको पनि थिएन । त्यसै कारण प्रतिवेदन अधुरो हो । अझ गहिराइमा पुग्नुपर्छ,’ बास्कोटाले भने । समितिले आवस्यक ठाने आफूले थप प्रमाण दिन तयार रहेको समेत बास्कोटाले बताए । ‘प्रतिवेदनलाई जस्ताको त्यस्तै पारित गरौंभन्दा पनि मेरो आपत्ति छैन । तर थप अध्ययन गर्न जरुरी र थप राय मात्रै हो मेरो । जति आएको छ, बुझाइएका प्रमाणका आधारमा आएको छ,’ बास्कोटाले भने । उपसमितिको प्रतिवेदनलाई लिएर लेखा समितिमा सांसदहरूबीच गरमागरम बहस भएको छ ।

सम्बन्धित खबर

Decoding eCheck Casinos: A Canadian Industry Analyst’s Deep Dive

Introduction: Why eCheck Matters to Your Canadian Casino Strategy Hello, fellow industry analysts! In the dynamic world of online gambling, staying…

Freshbet: Nová Hvězda na Scéně Online Hazardu pro Zkušené…

Úvod: Proč by Zkušení Hráči Měli Věnovat Pozornost Freshbet? Pro zkušeného hráče, který se orientuje v online hazardu, je neustálé hledání…
हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौं — महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी तथा प्रवक्ता…

Leave a Reply

Your email address will not be published. Required fields are marked *