• जेष्ठ ७, २०८२
  • No Comment
  • 117

पोखरा विमानस्थलको छानबिन अझै गहिराइमा पुग्नुपर्छ भन्ने मेरो पूरक मत हो– गोकुल बास्कोटा

नेकपा एमालेका नेता एवं प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सदस्य गोकुल बास्कोटाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताबारे अझै गहिरो छानबिन गर्नुपर्ने आफ्नो मत रहेको बताएका छन् । आफूले फरक मत नभई पूरक मत राखेको उनले बताए ।
बुधबार लेखा समिति बैठकमा उपसमितिको प्रतिवेदनमाथिको छलफलका क्रममा बास्कोटाले प्रतिवेदनलाई अझै पूर्णता दिनुपर्ने बताएका हुन् ।
‘प्रतिवेदनमा अलिकति पुगेन भन्ने मेरो कुरा हो, थप तथ्यांक पत्ता लगाउन सकिन्थ्यो होला, त्यो समेटिएन । प्रतिवेदनमा सबै पनि छ, केही पनि छैन । अझै अपूरो छ,’ बास्कोटाले भने ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन संयोजकत्वको उपसमितिका सदस्यसमेत रहेका बास्कोटाले प्रतिवेदनमा आफ्नो फरक मत नभई पूरक मतको रूपमा रहेको बताएका हुन् । ‘उपसमितिको छानबिन प्रक्रियाले लामो समय लिएको छ । उपसमितिले उजागर गरेका विषयमा सम्बन्धित निकायका पदाधिकारीसँग लिखित प्रश्न राख्नुपर्ने थियो । अर्थ मन्त्रालयले जवाफ दिएको पनि थिएन । त्यसै कारण प्रतिवेदन अधुरो हो । अझ गहिराइमा पुग्नुपर्छ,’ बास्कोटाले भने । समितिले आवस्यक ठाने आफूले थप प्रमाण दिन तयार रहेको समेत बास्कोटाले बताए । ‘प्रतिवेदनलाई जस्ताको त्यस्तै पारित गरौंभन्दा पनि मेरो आपत्ति छैन । तर थप अध्ययन गर्न जरुरी र थप राय मात्रै हो मेरो । जति आएको छ, बुझाइएका प्रमाणका आधारमा आएको छ,’ बास्कोटाले भने । उपसमितिको प्रतिवेदनलाई लिएर लेखा समितिमा सांसदहरूबीच गरमागरम बहस भएको छ ।

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *