• जेष्ठ ७, २०८२
  • No Comment
  • 9

नेपाली महिला क्रिकेट टिम आज थाइल्याण्डसँग भिड्दै 

काठमाडौँ । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले आज आइसीसी महिला टी-२० विश्वकपको एशिया छनोट अन्तर्गतको सुपर थ्री चरणको अन्तिम खेलमा थाइल्याण्डको सामना गर्दैछ। नेपाली समय अनुसार बिहान ८:४५ बजे सुरु हुने यो खेल दुबै टिमका लागि महत्त्वपूर्ण नभए पनि प्रतिष्ठाको लडाइँका रूपमा हेरिएको छ।

नेपाल र थाइल्याण्डले यसअघि नै विश्वकपको ग्लोबल क्वालिफायरका लागि छनोट भइसकेका छन्। सुपर थ्री चरणमा युएईलाई पराजित गरेपछि दुबै टिमले अगाडि बढ्ने सुनिश्चित गरेका हुन्।

यस प्रतियोगितामा कुल ९ देश सहभागी थिए। नेपाल समूह ‘सी’ मा रहँदै बहराइन र हङकङलाई हराएर समूह विजेता बन्यो। समूह ‘ए’ मा थाइल्याण्ड, कुवेत, र भुटान थिए भने समूह ‘बी’ मा युएई, मलेसिया, र कतार थिए। हरेक समूहका विजेता टिमहरू सुपर थ्री चरणमा पुगेका थिए।

सुपर थ्रीमा नेपाल र थाइल्याण्डले युएईलाई पराजित गर्दै शिर्ष स्थानमा रहन सफल भएका छन्। युएई भने दुवै खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान इन्दु बर्माको नेतृत्वमा १४ सदस्यीय टिम छनोट गरेको थियो। टोलीमा उपकप्तान पुजा महतोसहित रोमा थापा, रुबी पोडार, रुबिना क्षेत्री, कबिता कुँवर, बिन्दु रावल, सबनम राई, कविता जोशी, इश्वरी बिष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमती ऐरी र रिया शर्मा रहेका छन्।

सम्बन्धित खबर

कर्णालीमा विद्यार्थीको माग: सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुट तत्काल लागू गरियोस

कर्णालीमा विद्यार्थीको माग: सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुट…

 सुर्खेत। कर्णाली प्रदेशका विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुटको व्यवस्था तत्काल कार्यान्वयन गर्न माग गर्दै…
वीरेन्द्रनगरको एक फार्मेसीमा अवैध ट्रमाडोल बिक्री, तीन जना पक्राउ

वीरेन्द्रनगरको एक फार्मेसीमा अवैध ट्रमाडोल बिक्री, तीन जना पक्राउ

 सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित एरीचोकमा रहेको जयलक्ष्मी फार्मेसीबाट लागुऔषध ट्रमाडोलसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले…
भेरीगंगाकाे बिरेडाँडाबाट अवैध सालकाे काठसहित ३ जना पक्राउ

भेरीगंगाकाे बिरेडाँडाबाट अवैध सालकाे काठसहित ३ जना पक्राउ

सुर्खेत।  सुर्खेतको भेरीगंगा नगरपालिकामा प्रहरीले चोरी पैठारी गरी ल्याउँदै गरिएको सालको काठ सहित ३ जनालार्इ  पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय छिन्चुबाट…

Leave a Reply

Your email address will not be published. Required fields are marked *