• जेष्ठ ६, २०८२
  • No Comment
  • 81

नेपाली महिला क्रिकेट टिम आज थाइल्याण्डसँग भिड्दै 

काठमाडौँ । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले आज आइसीसी महिला टी-२० विश्वकपको एशिया छनोट अन्तर्गतको सुपर थ्री चरणको अन्तिम खेलमा थाइल्याण्डको सामना गर्दैछ। नेपाली समय अनुसार बिहान ८:४५ बजे सुरु हुने यो खेल दुबै टिमका लागि महत्त्वपूर्ण नभए पनि प्रतिष्ठाको लडाइँका रूपमा हेरिएको छ।

नेपाल र थाइल्याण्डले यसअघि नै विश्वकपको ग्लोबल क्वालिफायरका लागि छनोट भइसकेका छन्। सुपर थ्री चरणमा युएईलाई पराजित गरेपछि दुबै टिमले अगाडि बढ्ने सुनिश्चित गरेका हुन्।

यस प्रतियोगितामा कुल ९ देश सहभागी थिए। नेपाल समूह ‘सी’ मा रहँदै बहराइन र हङकङलाई हराएर समूह विजेता बन्यो। समूह ‘ए’ मा थाइल्याण्ड, कुवेत, र भुटान थिए भने समूह ‘बी’ मा युएई, मलेसिया, र कतार थिए। हरेक समूहका विजेता टिमहरू सुपर थ्री चरणमा पुगेका थिए।

सुपर थ्रीमा नेपाल र थाइल्याण्डले युएईलाई पराजित गर्दै शिर्ष स्थानमा रहन सफल भएका छन्। युएई भने दुवै खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान इन्दु बर्माको नेतृत्वमा १४ सदस्यीय टिम छनोट गरेको थियो। टोलीमा उपकप्तान पुजा महतोसहित रोमा थापा, रुबी पोडार, रुबिना क्षेत्री, कबिता कुँवर, बिन्दु रावल, सबनम राई, कविता जोशी, इश्वरी बिष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमती ऐरी र रिया शर्मा रहेका छन्।

सम्बन्धित खबर

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

मुटुरोगदेखि क्यान्सरसम्म रोकथाममा उपयोगी जाडो मौसम सुरु हुनेबित्तिकै तिलका परिकारको माग बढ्ने गर्दछ। सामान्यतया स्वादका लागि प्रयोग गरिने तिल वास्तवमै स्वास्थ्यका…
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *