- जेष्ठ ४, २०८२
- No Comment
- 15
जुम्लामा चट्याङ लागेर २० भेडा मरे

जुम्लाको गुठिचौर गाउँपालिका झुलेनी भन्ने ठाउँमा चट्याङ लागेर २० वटा भेडा मरेका छन् । चट्याङबाट दुई जना किसानका २० वटा भेडा मरेका हुन् । शनिबार साँझ पाँच बजेतिर झुलेनीमा परेको चट्याङले जुम्लाको गुठिचौर गाउँपालिका गोठिगाउँका २ जना भेडा पालक किसानका भेडा मरेका हुन् । गुठिचौर गाउँपालिका–२ का स्थानीय युवा विरेन्द्र बोहोराका अनुसार पानी परेको बेला रुखमुनी ओतमा बसेको समयमा हिरबहादुर ऐडी र धनकृष्ण रोकाया भेडा मरेका हुन् ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढा थापाले दुई जना किसानका २० वटा भेडा मरेको तथ्याङ्क आएको बताए । उनले भने, हिरबहादुरका १६ वटा धनकृष्ण रोकायाबा ४ वटा मरेका हुन् । हिरबहादुरका ५० वटा, धनकृष्णका ३० वटा भेडाबाख्रा छन् ।