- जेष्ठ ४, २०८२
- No Comment
- 17
हैदराबादको एक भवनमा आगलागी : १७ जनाको मृत्यु, १० जना घाइते

आइतबार बिहान हैदराबादको चारमिनार नजिकै रहेको गुलजार हाउसको एक भवनमा आगलागी भएको छ । दुर्घटनामा हालसम्म १७ जनाको मृत्यु भइसकेको छ । मृतकमध्ये ८ जना बालबालिका रहेका छन् । साथै १५ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ ।
केही मानिसहरू अझै पनि घरमा फसेका र उद्धार कार्य जारी रहेको जनाइएको छ । २ घण्टाको प्रयासपछि आगो निभाइएको थियो । आगलागी सर्ट सर्किटका कारण भएको बताइएको छ । तर आधिकारिक रूपमा पुष्टि भएको छैन । प्रहरीका अनुसार बिहान ६ बजे तीन तले भवनको भुइँ तलामा आगो लागेपछी आगलागीको बारेमा दमकल विभागलाई जानकारी गराइएको थियो । त्यसपछि टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो । धेरै मानिसहरू अचेत अवस्थामा फेला परेका थिए र लगभग १० जनालाई अस्पताल भर्ना गरिएको छ ।