• जेष्ठ २, २०८२
  • No Comment
  • 36

प्राविधिक समस्याले बिजुली गएको हो, लोडसेडिङको भ्रममा नपरौँ : हितेन्द्रदेव शाक्य

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राविधिक समस्याका कारण विद्युत् आपूर्तिमा अवरोध देखिएको बताएका छन् । शुक्रबार प्राधिकरणको स्युचाटार कार्यालयमा पत्रकार सम्मेलन गर्दै शाक्यले हावाहुरीका कारण प्रसारणलाइनमा समस्या आउँदा बिजुली आपूर्तिमा अवरोध देखिएको बताए । उनले बिहीबार बेलुकी ढल्केवर–मुजफ्फरपुर ४०० केभी डबल सर्किटलाइनमा हावाहुरीका कारण समस्या देखिएकाले काठमाडौंसहित केही स्थानमा बिजुली आपूर्ति हुन नसेकेको बताए । भारतको लाइनमार्फत नेपालमा भइरहेको विद्युत् आयातसमेत केही समय रोकिएका कारण बिजुली जाने समस्या आएकाले जनमानसमा लोडसेडिङको भ्रम सिर्जना भएको उनको भनाइ छ ।
प्राधिकरणले नेपालमा पुनः लोडसेडिङ हुने सम्भावना पूर्णरूपमा अस्वीकार गरेको छ । कार्यकारी निर्देशक शाक्यले प्राविधिक समस्याहरूलाई दीर्घकालीनरूपमा समाधान गरिने तर यसका लागि केही समय लाग्ने बताए । उनले अहिले करिब १४ सय मेगावाट विद्युत् उत्पादन र पिक आवरमा दुई हजार मेगावाट माग रहको जानकारी दिए । प्रसारण लाइनको विद्युत् भारवहन गर्ने क्षमता लोड धान्न सक्ने अवस्था नरहेकाले पनि समयसमयमा बिजुली जाने गरेको उनको भनाइ छ ।

 

सम्बन्धित खबर

चीनको शान्सी प्रान्तमा बस दुर्घटना: १० जनाको मृत्यु, ४ अझै बेपत्ता

चीनको शान्सी प्रान्तमा बस दुर्घटना: १० जनाको मृत्यु, ४…

बेइजिङ ।  चीनको उत्तरी शान्सी प्रान्तमा आइतबार बिहान हराएको यात्रुवाहक बसका १० जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता…
आजको मौसम : देशभर मनसुनी प्रभाव, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

आजको मौसम : देशभर मनसुनी प्रभाव, पहाडी क्षेत्रमा भारी…

साउन १५ — हाल देशभर मनसुनी वायुको सक्रियता रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा…
आज साउन १५ : देशभर खीर खाएर मनाइँदै

आज साउन १५ : देशभर खीर खाएर मनाइँदै

साउन १५ — आज साउन १५ गते, देशभर खीर खाएर विशेष परम्परागत ढंगले मनाइँदैछ। नेपाली समाजमा वर्षायामका विशेष दिनहरूलाई परिकारहरू मार्फत…

Leave a Reply

Your email address will not be published. Required fields are marked *