• जेष्ठ १, २०८२
  • No Comment
  • 144

स्स्वतन्त्र सांसद अमरेश कुमार सिंहले राजनीतिक दलको कार्यकर्तालाई गभर्नर बनाउन खोजेको आरोप लगाएका छन

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दलीय भागबण्डामा गभर्नर बनाउनका लागि चलखेल भइरहेको र त्यसैका कारण नियुक्तिमा ढिलाइ भइरहेको आरोप लगाएका हुन् । सांसद सिंहले गभर्नर नियुक्तिको चलखेललाई हेर्दा लाज पनि लजाएको टिप्पणी गरे ।

उनले राजनीतिक दलको सदस्य गभर्नर नहुने नभएकाले त्यहाँभित्रकै कोही विज्ञलाई गभर्नर बनाउन सुझाव दिए। हरेक क्षेत्रमा राजनीतिक भागबण्डका आधारमा हुने नियुक्तिलाई लगाम लगाउनुपर्ने उनले बताए। सांसद सिंहले कार्यकर्तालाई नियुक्ति दिने परम्परा बनाएर राज्यका अंगहरु औचित्यहीन भएर जाने उल्लेख गरे। कायममुकायम गभर्नर निलम ढुङ्गानालाई गभर्नर नियुक्ति गर्न सरकारलाई उनले सुझाव दिए।

 

सम्बन्धित खबर

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६…
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…

Leave a Reply

Your email address will not be published. Required fields are marked *