• बैशाख ३०, २०८२
  • No Comment
  • 113

रोनाल्डोको अल नासर ९-०ले बिजयी

काठमाडौं, अल नासरले साउदी प्रो लिग अन्तर्गत अहिलेसम्मकै फराकिलो जित हासिल गरेको छ । गएराति सम्पन्न खेल अल अखडोउडविरुद्ध ९–० को फराकिलो जित हासिल गरेको हो । क्रिस्टियानो रोनाल्डो नखेलेको यस खेलमा साडियो मानेले मात्रै ४ गोल गरेका थिए। त्यस्तै, जोन डुरानले २ गोल गरे भने आयमान याहा र मोहमद मरानले एक एक गोल गरेका थिए ।

त्यस्तै यस खेलमा खेलको ४७औं मिनेटमा पाउलो भिटोरले रातो कार्ड पाएपछि अल अखडोउड १० खेलाडीमा सीमित भएको थियो । यो जितपछि अल नासर लिगमा तेस्रो स्थानमा उक्लिएको छ।  अल नासरको ३१ खेलमा ६३ अंक भएको छ । त्यसैगरी अल अखडोउडको भने ३१ खेलमा २८ अंक रहेको छ र लिगमा १७ औं स्थानमा रहेको छ ।

अब अल नासरले यस सिजनका तीन खेल खेल्न बाँकी रहेको छ ।

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *