• बैशाख ३०, २०८२
  • No Comment
  • 156

रोनाल्डोको अल नासर ९-०ले बिजयी

काठमाडौं, अल नासरले साउदी प्रो लिग अन्तर्गत अहिलेसम्मकै फराकिलो जित हासिल गरेको छ । गएराति सम्पन्न खेल अल अखडोउडविरुद्ध ९–० को फराकिलो जित हासिल गरेको हो । क्रिस्टियानो रोनाल्डो नखेलेको यस खेलमा साडियो मानेले मात्रै ४ गोल गरेका थिए। त्यस्तै, जोन डुरानले २ गोल गरे भने आयमान याहा र मोहमद मरानले एक एक गोल गरेका थिए ।

त्यस्तै यस खेलमा खेलको ४७औं मिनेटमा पाउलो भिटोरले रातो कार्ड पाएपछि अल अखडोउड १० खेलाडीमा सीमित भएको थियो । यो जितपछि अल नासर लिगमा तेस्रो स्थानमा उक्लिएको छ।  अल नासरको ३१ खेलमा ६३ अंक भएको छ । त्यसैगरी अल अखडोउडको भने ३१ खेलमा २८ अंक रहेको छ र लिगमा १७ औं स्थानमा रहेको छ ।

अब अल नासरले यस सिजनका तीन खेल खेल्न बाँकी रहेको छ ।

सम्बन्धित खबर

लागुऔंषध दुर्व्यसन तथा बालविवाह न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

लागुऔंषध दुर्व्यसन तथा बालविवाह न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिकामा लागुऔंषध दुर्व्यसन तथा बालविवाह न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कर्णाली जागरण केन्द्रको आयोजना, अष्ट्रेलियन एडको…
लेक लागेर मुस्ताङमा ९ विदेशीसहित १३ पर्यटकको मृत्यु

लेक लागेर मुस्ताङमा ९ विदेशीसहित १३ पर्यटकको मृत्यु

मुस्ताङ — हिमाली जिल्ला मुस्ताङमा उच्च उचाइका कारण हुने ‘हाइअल्टिच्युड सिकनेस’ (लेक लाग्ने समस्या) बाट चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म ९…
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, जेठ ३१ — देशभर आज चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *