- बैशाख ३०, २०८२
- No Comment
- 24
साहारा ईङलिस मिडियम स्कुलद्वारा बुद्ध जयन्ती विशेष कार्यक्रम सम्पन्न

गुर्भाकोट। गुर्भाकोट नगरपालिका वड नम्बर–९ स्थित साहारा ईङलिस मिडियम स्कुलले बुद्ध जयन्तीको अवसरमा “School Connect to Community” अभियान कार्यक्रम आयोजना गरेको छ। साेमबार कार्यक्रममार्फत विद्यालय र समुदायबीचको सहकार्यलाई सशक्त बनाउँदै शिक्षा, शान्ति र समृद्धिको सन्देश फैलाउने उद्देश्य रहेको विद्यालय प्रशासनले जनाएको छ।
कार्यक्रमको सुरुवात अभियानको औपचारिक उद्घाटनसहित गरिएको थियो। विद्यालयले दीर्घकालीन रुपमा समुदायसँग सहकार्य गर्दै शिक्षा, अनुशासन, योग, ध्यान र सामाजिक सहभागिता प्रवर्द्धन गर्ने संकल्पसहित “School Connect to Community” अभियान सार्वजनिक गरेको हो।
यस विशेष दिनमा विद्यालयले समुदाय–स्कुल सहकार्य सुदृढ बनाउने घोषणापत्र पनि सार्वजनिक गरेको छ। उक्त घोषणापत्रमार्फत विद्यालयले आफूलाई “Peace Model School” का रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएको छ। त्यसैगरी विद्यार्थीहरूका लागि आत्मअनुशासन र मानसिक एकाग्रता अभिवृद्धि गर्ने लक्ष्यका साथ नियमित योग तथा ध्यान सत्रको शुभारम्भ गरिएको विधालयलले जानकारी गराइएको छ।
बुद्ध जयन्तीका अवसरमा आयोजित शान्ति र्यालीले कार्यक्रमलाई अझ प्रभावशाली बनाएको थियो। विद्यालय परिसरबाट सुरु भएको र्याली विभिन्न टोल–टोलमा परिक्रमा गर्दै शान्ति र सहकार्यको सन्देश बोकेको थियो। विद्यार्थी, शिक्षक, अभिभावक, समाजसेवी र प्रहरी प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको उक्त र्यालीमा शान्तिको नारा, ब्यानर र घोषणापत्रले समुदायमा उत्साह थपेको देखिन्थ्यो।
कार्यक्रमको अर्को प्रमुख आकर्षणका रूपमा विभिन्न समुदायमा शान्ति, सहकार्य र शिक्षाको प्रवर्द्धनमा सक्रिय योगदान पुर्याउँदै आउनुभएका विशिष्ट व्यक्तित्वहरूलाई विद्यालयले “Peace Ambassador” को रूपमा सम्मान गरेको थियो। कुपिन्डे बनगाड–११ स्थित रैकर धारापानीबाट श्री हिरा रोका मगर, श्री वीर बहादुर विक, श्रीमती दिलमाया बुढा र श्री दिल बहादुर घर्तीस गुर्भाकोट नगरपालिका अन्तर्गत घुमखहरेबाट श्री नेत्र बहादुर खड्का, श्री कुल बहादुर घर्ती मगर र श्री बखत बहादुर पौडेल तथा मिलनचोक, गुर्भाकोट–४ बाट श्री लिलाराम थापा सम्मानित हुनु भयो।
विद्यालय परिवारले सम्मानित सबै Peace Ambassador हरूप्रति हार्दिक बधाई तथा कृतज्ञता प्रकट गर्दै आगामी दिनमा पनि विद्यालय–समुदाय सहकार्य अझ मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।
कार्यक्रमको सफल सञ्चालनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सम्पूर्ण अभिभावक, समाजसेवी, शिक्षक, कर्मचारी, प्रहरी तथा विद्यार्थीहरूप्रति विद्यालयले विशेष आभार व्यक्त गरेको छ। कार्यक्रम समापनमा विद्यालयका तर्फबाट “शिक्षा, शान्ति र सहकार्य हाम्रो अभियानको मूल मन्त्र हो। समाज र विद्यालयबीचको सम्बन्ध बलियो हुँदा मात्र समृद्धि सम्भव छ” भन्ने सन्देशसमेत सार्वजनिक गरिएको थियो।