• बैशाख २९, २०८२
  • No Comment
  • 88

रुकुम पश्चिममा जिप दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

रुकुम। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० स्थित अमलाटाकुरी नजिकै सिम्ली–तिमिले जोड्ने भित्री सडक खण्डमा आज दिउँसो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

लु।प्र ०२००१ च ०१७७ नम्बरको जिप ब्रेक फेल भई करिब ४०० मिटर तल खस्दा सानीभेरी–१० का ५० वर्षीय नरबहादुर ओलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए।

दुर्घटनामा परी घाइते हुनेमा दाङ तुल्सीपुर उपमहानगरपालिका–७ का ४४ वर्षीय चालक लिलमणि भण्डारी, ४४ वर्षीया लिला ओली र ५० वर्षीया दुर्गा ओली गम्भीर घाइते भएका छन्। उनीहरूको उपचार चौरजहारी नगर अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जिप ब्रेक फेल भएर सडकबाट अनियन्त्रित भई गहिरो खोंचमा खसेको हो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

 

 

सम्बन्धित खबर

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं — राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ। सङ्घले मेयर साहले…
सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगरमा ब्राउनसुगरसहित दुई जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान करिब १० बजे वीरेन्द्रनगर नगरपालिका–३ मा लागुऔषध कारोवार…
कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

जुम्ला । कर्णालीको गौरव पर्वत, संस्कृति र खेलको संगमका रूपमा परिचित तातोपानी ज्यूल्ले पाटनमा “कर्णाली याक्स जर्सी रिलिज” कार्यक्रम सम्पन्न भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *