• बैशाख २८, २०८२
  • No Comment
  • 77

ज्ञानेन्द्र शाहीले भने– श्रम मन्त्रालयले कामै गरेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले झण्डै ८० लाख नेपाली युवा श्रमका लागि बाहिर रहेकोमा उनीहरूको हितका लागि श्रम मन्त्रालयले कुनै काम नगरेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
‘झण्डै ८० लाख युवा अहिले अर्काको देशमा काम गर्न बाध्य छन् । तर, सरकारको श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालय मौन भएर बसेका छन् ।

आज नेपालीहरू बन्धक हुँदा पनि श्रम मन्त्रालयले कुनै पनि काम गरेको छैन । अहिले मात्रै पनि मुलुकमा १४ खर्ब, ४४ अर्ब ३२ करोडको रिमेट्यान्स विदेशमा रहेका मान्छेले पठाएको छ,’

उनले भने । दलालका कारण धेरै घरबारविहीन हुँदा पनि श्रम मन्त्रालयले कुनै काम नगरेको उनले आरोप लगाए ।

‘श्रम मन्त्रालयको काम आज कति नेपाली ठगीमा परेका छन्, लाखौँ मान्छे दलालले ठगेर घरबारविहीन भएका छन् । श्रममन्त्रीले गाडी चढेर बस्ने हो कि जनताका लागि काम गर्ने हो ? यदि जनताका लागि काम हुँदैन भने त्यसको काम छैन,’ उनले भने

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *