• बैशाख २८, २०८२
  • No Comment
  • 131

ज्ञानेन्द्र शाहीले भने– श्रम मन्त्रालयले कामै गरेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले झण्डै ८० लाख नेपाली युवा श्रमका लागि बाहिर रहेकोमा उनीहरूको हितका लागि श्रम मन्त्रालयले कुनै काम नगरेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
‘झण्डै ८० लाख युवा अहिले अर्काको देशमा काम गर्न बाध्य छन् । तर, सरकारको श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालय मौन भएर बसेका छन् ।

आज नेपालीहरू बन्धक हुँदा पनि श्रम मन्त्रालयले कुनै पनि काम गरेको छैन । अहिले मात्रै पनि मुलुकमा १४ खर्ब, ४४ अर्ब ३२ करोडको रिमेट्यान्स विदेशमा रहेका मान्छेले पठाएको छ,’

उनले भने । दलालका कारण धेरै घरबारविहीन हुँदा पनि श्रम मन्त्रालयले कुनै काम नगरेको उनले आरोप लगाए ।

‘श्रम मन्त्रालयको काम आज कति नेपाली ठगीमा परेका छन्, लाखौँ मान्छे दलालले ठगेर घरबारविहीन भएका छन् । श्रममन्त्रीले गाडी चढेर बस्ने हो कि जनताका लागि काम गर्ने हो ? यदि जनताका लागि काम हुँदैन भने त्यसको काम छैन,’ उनले भने

सम्बन्धित खबर

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६…
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…

Leave a Reply

Your email address will not be published. Required fields are marked *