• बैशाख २५, २०८२
  • No Comment
  • 164

भारतीय टोलीका कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन्

भारतीय टोलीका कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । उनले १२ वर्षको टेस्ट करियरलाई अब विश्राम दिने निर्णय गरेका हुन् ।

रोहित टेस्टमा भारतका सफल ब्याटर मानिन्छन् । उनले ६७ टेस्टमा १२ शतक र १८ अर्धशतकसहित ४ हजार ३०१ रन बनाएका छन् ।

रोहितले सन् २०१३ मा वेस्ट इन्डिजसँगको खेलमार्फत टेस्ट क्रिकेटमा डेब्यू गरेका थिए । यसैगरी उनले गएको वर्ष अस्ट्रेलियाविरुद्ध अन्तिम टेस्ट खेलेका थिए ।

रोहितको कप्तानीका भारतले गएको सस्करणको वर्ल्ड टेस्ट च्याम्पियनशिपको फाइनल खेलेको थियो । टोली अस्ट्रेलियासँग २०९ रनले पराजित हुँदा उपाधिबाट बञ्चित बनेको थियो ।

यसैगरी टेस्ट च्याम्पियनशिपको पहिलो संस्करणमा पनि भारत फाइनलसम्म पुग्दा रोहितले राम्रो प्रदर्शन गरेका थिए । त्यसबेला भारत न्युजिल्यान्डसँग आठ विकेटले पराजित भएको थियो ।

सम्बन्धित खबर

लागुऔंषध दुर्व्यसन तथा बालविवाह न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

लागुऔंषध दुर्व्यसन तथा बालविवाह न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिकामा लागुऔंषध दुर्व्यसन तथा बालविवाह न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कर्णाली जागरण केन्द्रको आयोजना, अष्ट्रेलियन एडको…
लेक लागेर मुस्ताङमा ९ विदेशीसहित १३ पर्यटकको मृत्यु

लेक लागेर मुस्ताङमा ९ विदेशीसहित १३ पर्यटकको मृत्यु

मुस्ताङ — हिमाली जिल्ला मुस्ताङमा उच्च उचाइका कारण हुने ‘हाइअल्टिच्युड सिकनेस’ (लेक लाग्ने समस्या) बाट चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म ९…
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, जेठ ३१ — देशभर आज चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *