• बैशाख २५, २०८२
  • No Comment
  • 122

भारतीय टोलीका कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन्

भारतीय टोलीका कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । उनले १२ वर्षको टेस्ट करियरलाई अब विश्राम दिने निर्णय गरेका हुन् ।

रोहित टेस्टमा भारतका सफल ब्याटर मानिन्छन् । उनले ६७ टेस्टमा १२ शतक र १८ अर्धशतकसहित ४ हजार ३०१ रन बनाएका छन् ।

रोहितले सन् २०१३ मा वेस्ट इन्डिजसँगको खेलमार्फत टेस्ट क्रिकेटमा डेब्यू गरेका थिए । यसैगरी उनले गएको वर्ष अस्ट्रेलियाविरुद्ध अन्तिम टेस्ट खेलेका थिए ।

रोहितको कप्तानीका भारतले गएको सस्करणको वर्ल्ड टेस्ट च्याम्पियनशिपको फाइनल खेलेको थियो । टोली अस्ट्रेलियासँग २०९ रनले पराजित हुँदा उपाधिबाट बञ्चित बनेको थियो ।

यसैगरी टेस्ट च्याम्पियनशिपको पहिलो संस्करणमा पनि भारत फाइनलसम्म पुग्दा रोहितले राम्रो प्रदर्शन गरेका थिए । त्यसबेला भारत न्युजिल्यान्डसँग आठ विकेटले पराजित भएको थियो ।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *