• बैशाख २५, २०८२
  • No Comment
  • 107

साम्बाको ह्याट्रिकमा गुइगाम्पको शानदार जित

काठमाडौं । फ्रान्सको महिला लिगमा खेलिरहेकी नेपाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले ह्याट्रिक गोल गर्दै आफ्नो क्लब एन अभेन्ट गुइगाम्पलाई जित दिलाएकी छन्। बुधबार सम्पन्न खेलमा गुइगाम्पले सेन्ट एटिनलाई ३–२ गोलले पराजित गरेको हो।

साम्बाले खेलको ५७औं, ८५औं र इन्जुरी समयको ९५औं मिनेटमा गोल गर्दै गुइगाम्पको जित सुनिश्चित गरेकी हुन्। खेलमा सेन्ट एटिनले दुई पटक अग्रता लिएको थियो तर दुबैपटक साम्बाले बराबरी गोल गर्दै अन्ततः निर्णायक गोलसमेत गरिन्।

यो जितसँगै गुइगाम्पले २२ खेलमा जम्मा ९ अंक जोड्दै लिग तालिकाको पुछार अर्थात् १२औं स्थानमा रहेर सिजनको अन्त्य गरेको छ। साम्बाको व्यक्तिगत प्रदर्शन भने उत्कृष्ट रहँदै आएको छ, विशेष गरी सिजनको अन्तिम खेलमा देखाएको गोल क्षमताले उनको प्रभावशाली फर्मलाई उजागर गरेको छ।

फ्रेन्च लिगमा सावित्राको यो ह्याट्रिकले नेपाली फुटबल समर्थकमाझ थप उत्साह ल्याएको छ।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *