• बैशाख २५, २०८२
  • No Comment
  • 123

साम्बाको ह्याट्रिकमा गुइगाम्पको शानदार जित

काठमाडौं । फ्रान्सको महिला लिगमा खेलिरहेकी नेपाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले ह्याट्रिक गोल गर्दै आफ्नो क्लब एन अभेन्ट गुइगाम्पलाई जित दिलाएकी छन्। बुधबार सम्पन्न खेलमा गुइगाम्पले सेन्ट एटिनलाई ३–२ गोलले पराजित गरेको हो।

साम्बाले खेलको ५७औं, ८५औं र इन्जुरी समयको ९५औं मिनेटमा गोल गर्दै गुइगाम्पको जित सुनिश्चित गरेकी हुन्। खेलमा सेन्ट एटिनले दुई पटक अग्रता लिएको थियो तर दुबैपटक साम्बाले बराबरी गोल गर्दै अन्ततः निर्णायक गोलसमेत गरिन्।

यो जितसँगै गुइगाम्पले २२ खेलमा जम्मा ९ अंक जोड्दै लिग तालिकाको पुछार अर्थात् १२औं स्थानमा रहेर सिजनको अन्त्य गरेको छ। साम्बाको व्यक्तिगत प्रदर्शन भने उत्कृष्ट रहँदै आएको छ, विशेष गरी सिजनको अन्तिम खेलमा देखाएको गोल क्षमताले उनको प्रभावशाली फर्मलाई उजागर गरेको छ।

फ्रेन्च लिगमा सावित्राको यो ह्याट्रिकले नेपाली फुटबल समर्थकमाझ थप उत्साह ल्याएको छ।

सम्बन्धित खबर

Decoding eCheck Casinos: A Canadian Industry Analyst’s Deep Dive

Introduction: Why eCheck Matters to Your Canadian Casino Strategy Hello, fellow industry analysts! In the dynamic world of online gambling, staying…

Freshbet: Nová Hvězda na Scéně Online Hazardu pro Zkušené…

Úvod: Proč by Zkušení Hráči Měli Věnovat Pozornost Freshbet? Pro zkušeného hráče, který se orientuje v online hazardu, je neustálé hledání…
हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौं — महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी तथा प्रवक्ता…

Leave a Reply

Your email address will not be published. Required fields are marked *