• बैशाख २४, २०८२
  • No Comment
  • 118

गर्मीमा चिसो र स्वास्थ्यवर्द्धक फाल्साको सरबतको सेवन यसरी गर्नुहाेस

काठमाडौँ ।चर्को गर्मीमा शरीरलाई शीतल राख्न धेरैले विभिन्न सरबत पिउने गर्छन्, तर यदि तपाईंले फाल्साको रस अझै चाख्नुभएको छैन भने, यो मौसम त्यसका लागि उत्तम अवसर हो। स्वादिलो मात्र होइन, फाल्साको सरबत स्वास्थ्यका दृष्टिकोणले पनि निकै लाभदायक मानिन्छ।

फाल्सा, जुन सानो र गोलो देखिने फल हो, गर्मीको समयमा नेपालमा सहजै पाइन्छ। यसको स्वभाव शीतल भएकाले गर्मीमा यसको सेवनले शरीरको तापक्रम सन्तुलनमा राख्न सहयोग गर्छ। फाल्सामा प्रशस्त मात्रामा पानी पाइने भएकाले यसले डिहाइड्रेसन हुनबाट जोगाउँछ। साथै, पाचन प्रणालीलाई स्वस्थ राख्न समेत यो प्रभावकारी मानिन्छ।

फाल्साको रस मधुमेह र उच्च रक्तचाप नियन्त्रण गर्न उपयोगी रहेको बताइन्छ। यस्ता थुप्रै फाइदाले भरिएको यो फलबाट घरमै स्वादिलो र पौष्टिक सरबत बनाउन सकिन्छ।

फाल्साको सरबत बनाउन आवश्यक सामग्रीहरूः

  • फल्सा – २५० ग्राम

  • नुन – १ चम्चा

  • गुड़ – १/२ कप

  • सुख्खा आँपको धुलो – २ चम्चा

  • जीराको धुलो – १ चम्चा

  • कालो नुन – १/२ चम्चा

  • पुदिना पातहरू

  • बरफका टुक्रा

बनाउने विधि
सर्वप्रथम फल्सालाई थोरै नुनमा ५ मिनेटसम्म भिजाउनुहोस्। त्यसपछि सफा पानीले पखाली २ कप पानीमा ७–८ मिनेट उमाल्नुहोस्। अब यसमा सुख्खा आँपको धुलो, जीराको धुलो, गुड़ हालेर २–३ मिनेटसम्म कम आँचमा पकाउनुहोस्। पकाएपछि छान्नुहोस् र फल्साको पल्प अलग गर्नुहोस्।
सरबतलाई फ्रिजमा राखेर चिसो बनाउनुहोस्। पिउँदा ३ चम्चा सरबत, बरफका टुक्रा, पुदिनाका पात र कागती हालेर पानीसँग मिसाएर पिउन सकिन्छ।

गर्मीको यो मौसममा स्वास्थ्य र स्वाद दुबैको लागि फाल्साको सरबत उत्तम विकल्प बन्न सक्छ।

सम्बन्धित खबर

स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली प्रदेश सरकार

स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली प्रदेश सरकार

सुर्खेत – प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप व्यवस्थित र एकरूपता ल्याउन कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका स्थानीय तहका जनप्रतिनिधिसँग दुई दिने…
बुबाको हत्या गरेकाे आरोपमा छोरा पक्राउ

बुबाको हत्या गरेकाे आरोपमा छोरा पक्राउ

काठमाडौँ – आफ्नै बुबाको हत्या गरेको अभियोगमा एक जना छोरालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१५, किमडोल बस्ने गोरखा चुमनुब्री…
स्वस्थ जीवनशैलीका लागि बिहानको खाजा अनिवार्य खानुहाेस

स्वस्थ जीवनशैलीका लागि बिहानको खाजा अनिवार्य खानुहाेस

– स्वस्थ जीवनशैली अपनाउन चाहनेहरूका लागि बिहानको खाजा अत्यन्तै आवश्यक मानिन्छ। विशेषज्ञहरूका अनुसार बिहानको खाजा शरीरलाई आवश्यक ऊर्जा प्रदान गर्ने मुख्य…

Leave a Reply

Your email address will not be published. Required fields are marked *