- बैशाख २३, २०८२
- No Comment
- 19
जुम्लामा हानिकारक परम्परागत अभ्यासबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

जुम्ला। जुम्लाको चन्दननाथ नगरपालिका–४ स्थित तल्लो सुनार टोलमा हानिकारक परम्परागत अभ्यासहरूको पहिचान तथा रोकथामबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
सोसेक नेपालद्वारा सञ्चालित ‘बिहानी परियोजना’को आयोजनामा सम्पन्न कार्यक्रममा बालविवाह, छाउपडी, दाइजो प्रथा र लिङ्ग पहिचानका आधारमा गरिने गर्भपतन जस्ता सामाजिक कुरीतिहरूबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा ३३ जना महिलाहरूको सक्रिय सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ। कार्यक्रमको सुरुआतमा सोसेक नेपालको परिचयसँगै १०९८ टोल फ्री हेल्पलाइन नम्बरको महत्त्व र प्रयोगबारे जानकारी प्रदान गरिएको थियो।
अभिमुखीकरणका क्रममा सहभागी महिलाहरूलाई यस्ता हानिकारक अभ्यासहरूले महिलाको अधिकार, स्वास्थ्य र सामाजिक संरचनामा पार्ने नकारात्मक असरबारे जानकारी दिइयो।