• बैशाख २३, २०८२
  • No Comment
  • 121

जुम्लामा हानिकारक परम्परागत अभ्यासबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

जुम्ला। जुम्लाको चन्दननाथ नगरपालिका–४ स्थित तल्लो सुनार टोलमा हानिकारक परम्परागत अभ्यासहरूको पहिचान तथा रोकथामबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

सोसेक नेपालद्वारा सञ्चालित ‘बिहानी परियोजना’को आयोजनामा सम्पन्न कार्यक्रममा बालविवाह, छाउपडी, दाइजो प्रथा र लिङ्ग पहिचानका आधारमा गरिने गर्भपतन जस्ता सामाजिक कुरीतिहरूबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा ३३ जना महिलाहरूको सक्रिय सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ। कार्यक्रमको सुरुआतमा सोसेक नेपालको परिचयसँगै १०९८ टोल फ्री हेल्पलाइन नम्बरको महत्त्व र प्रयोगबारे जानकारी प्रदान गरिएको थियो।

अभिमुखीकरणका क्रममा सहभागी महिलाहरूलाई यस्ता हानिकारक अभ्यासहरूले महिलाको अधिकार, स्वास्थ्य र सामाजिक संरचनामा पार्ने नकारात्मक असरबारे जानकारी दिइयो।

सम्बन्धित खबर

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६…
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…

Leave a Reply

Your email address will not be published. Required fields are marked *