• बैशाख २२, २०८२
  • No Comment
  • 125

आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना 

काठमाडौं ।देशमा पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावका कारण आज पनि विभिन्न भागमा मौसम बदली रहने र वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी देशका पहाडी तथा हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशको केही भागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। दिउँसोको समयमा कोशी, बागमती, गण्डकी, कर्णाली लगायतका प्रदेशका पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। केही हिमाली क्षेत्रमा भने हल्का हिमपातको सम्भावना पनि रहेको छ।

रातको समयमा देशका पहाडी क्षेत्रहरूमा मौसम आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भागमा आंशिक बदलीदेखि सफा रहने अनुमान गरिएको छ।

महाशाखाले मौसमको यो अवस्थाले दैनिक जनजीवन, कृषि कार्य, स्वास्थ्य सेवा, सडक यातायात र हवाई उडानमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। विशेषगरी हिमाली तथा पहाडी क्षेत्रमा यात्रा वा कृषि कार्यमा संलग्न जनतालाई आवश्यक तयारी र सावधानी अपनाउन अनुरोध गरिएको छ।

सम्बन्धित खबर

Decoding eCheck Casinos: A Canadian Industry Analyst’s Deep Dive

Introduction: Why eCheck Matters to Your Canadian Casino Strategy Hello, fellow industry analysts! In the dynamic world of online gambling, staying…

Freshbet: Nová Hvězda na Scéně Online Hazardu pro Zkušené…

Úvod: Proč by Zkušení Hráči Měli Věnovat Pozornost Freshbet? Pro zkušeného hráče, který se orientuje v online hazardu, je neustálé hledání…
हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौं — महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी तथा प्रवक्ता…

Leave a Reply

Your email address will not be published. Required fields are marked *