• बैशाख २२, २०८२
  • No Comment
  • 12

आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना 

काठमाडौं ।देशमा पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावका कारण आज पनि विभिन्न भागमा मौसम बदली रहने र वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी देशका पहाडी तथा हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशको केही भागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। दिउँसोको समयमा कोशी, बागमती, गण्डकी, कर्णाली लगायतका प्रदेशका पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। केही हिमाली क्षेत्रमा भने हल्का हिमपातको सम्भावना पनि रहेको छ।

रातको समयमा देशका पहाडी क्षेत्रहरूमा मौसम आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भागमा आंशिक बदलीदेखि सफा रहने अनुमान गरिएको छ।

महाशाखाले मौसमको यो अवस्थाले दैनिक जनजीवन, कृषि कार्य, स्वास्थ्य सेवा, सडक यातायात र हवाई उडानमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। विशेषगरी हिमाली तथा पहाडी क्षेत्रमा यात्रा वा कृषि कार्यमा संलग्न जनतालाई आवश्यक तयारी र सावधानी अपनाउन अनुरोध गरिएको छ।

सम्बन्धित खबर

आजको मौसम 

आजको मौसम 

काठमाडौँ । देशभर हाल पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण पाँच प्रदेशमा…
घरेलु विधिबाट दूधको शुद्धता कसरी चिन्ने ? हेर्नुहाेस

घरेलु विधिबाट दूधको शुद्धता कसरी चिन्ने ? हेर्नुहाेस

काठमाडौँ । बजारमा पाइने दूधको गुणस्तरप्रति व्यापक आशंका व्यक्त भइरहेका बेला विज्ञ तथा उपभोक्ता अधिकारकर्मीहरूले घरमै दूधको शुद्धता परीक्षण गर्ने सजिला…
प्राधिकरणले भारतमा शुरु गर्‍यो विद्युत निर्यात

प्राधिकरणले भारतमा शुरु गर्‍यो विद्युत निर्यात

नेपाल विद्युत प्राधिकरणले भारत विद्युत निर्यात शुरु गरेको छ । शनिबार रातिबाट भारतमा निर्यात शुरु भएको प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले जानकारी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *