• बैशाख १८, २०८२
  • No Comment
  • 107

हुम्लाका चिकित्सक सात महिनादेखि तलबविहीन 

हुम्ला।  हुम्लाको जिल्ला अस्पतालमा कार्यरत चिकित्सकहरू सात महिनादेखि तलब नपाई सेवा दिइरहेका छन्। गत कात्तिक महिनादेखि तलब नपाएको गुनासो गर्दै, चिकित्सकहरूले दैनिक सेवा सञ्चालन गर्न समेत कठिनाइ भइरहेको बताएका छन्।

हाल अस्पतालमा कार्यरत एक जना एमडिजिपी र तीन जना मेडिकल अधिकृत गरी चार जना चिकित्सकले कुल रु ३० लाख ६६ हजार ५२० तलब नपाएको बताएका छन्। छात्रवृत्ति करारमा कार्यरत यी चिकित्सकहरू संघीय सरकार र कर्णाली प्रदेश सरकारको लापरबाहीका कारण तलबविहीन बनेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका सूचना अधिकारी नन्दबहादुर शाही ले गुनासो गरेका छन्।

चिकित्सक हिमविक्रम शाही ले तलब नपाउँदा व्यक्तिगत खर्च, आवतजावत र परिवार पाल्न समेत गाह्रो परेको बताउँदै, यस्तो अवस्था लामो समयसम्म रहँदा काम गर्ने मनोबल कमजोर भएको बताएका छन्। साथै, उनले यस समस्याबारे पटक–पटक प्रदेश सरकारलाई अनुरोध गरिए पनि कुनै सुनुवाइ नभएको उल्लेख गरे।

तलब नपाउने अन्य चिकित्सकहरूमा मेडिकल अधिकृत छक्कबहादुर थापा, सर्जन सिंह र खरस्ती प्रजापति रहेका छन्।

यसअघि कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही अस्पतालमै पुगेर समस्या समाधान गर्ने आश्वासन दिएका थिए। तर, अझैसम्म समस्या समाधान नभएको भन्दै चिकित्सकहरू निराश देखिएका छन्।

सामाजिक विकास मन्त्रालयका उपसचिव सुवर्ण खड्का का अनुसार, संघीय सरकारले वैशाख पहिलो साता रकम प्रदेशमा पठाइसकेको जानकारी दिएको भए पनि त्यो रकम प्रदेशको प्रणालीमा अद्यावधिक नभएको कारण तलब वितरण रोकिएको छ। यसका लागि प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयलाई ताकेता दिइएको र अब चाँडै समस्या समाधान हुने दाबी उनले गरेका छन्।

यता, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी ले केन्द्रबाट रकम पठाउने प्रक्रिया अन्तिम चरणमा रहेको भन्दै चिकित्सकहरूको तलब चाँडै दिलाउने आश्वासन दिएका छन्।

प्रशासनिक लापरबाही र समन्वयको अभावका कारण दुर्गम जिल्लाका स्वास्थ्य सेवा प्रदायकहरू तलबविहीन भइरहँदा, सेवा प्रवाहमा बाधा आउने सम्भावना देखिएको छ। यसप्रति तत्कालीन ध्यान नदिए जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चिन्ता स्थानीयबासीहरूले व्यक्त गरेका छन्।

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *