• बैशाख १७, २०८२
  • No Comment
  • 142

४ हप्तामा तौल घटाउने यस्ताे छ कोरियाली  उपाय  

काठमाडौँ । तौल घटाउने चुनौतीपूर्ण यात्रा धेरैका लागि निराशाजनक हुन सक्छ। तर दक्षिण कोरियाका डा. योङ वू पार्कले प्रस्तुत गरेको नयाँ आहार विधिले विश्वभरका मानिसको ध्यान तानेको छ। ३३ वर्षदेखि मोटोपनको उपचारमा लागेका यी डाक्टरले तौल घटाउने एक विशेष चार हप्ते योजना सार्वजनिक गरेका छन्, जसले सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छ।

डा. पार्कका अनुसार, यदि कुनै व्यक्ति चार हप्ता लगातार उनको सुझावअनुसारको आहार र जीवनशैली अपनाउँछ भने उसले निश्चित रूपमा तौल घट्न सुरु गर्छ। यसको मूल आधार भनेको स्वस्थ र सन्तुलित खाना, नियमित शारीरिक व्यायाम र अन्तरिम उपवास हो, जसलाई उनले वैज्ञानिक विधिमा मिलाएर प्रभावकारी बनाएका छन्।

पहिलो हप्ता उनले शरीर सफा गर्ने कुरामा जोड दिएका छन्। दिनको सुरुमा खाली पेटमा प्रोबायोटिक र प्रोटिन शेक सेवन गर्नु, त्यसपछि एक घण्टा हिँड्ने, र खानामा काँक्रो, ब्रोकाउली, बन्दा र महीजस्ता खाद्यपदार्थ प्रयोग गर्नु उनको सल्लाह हो। सुरुका केही दिन माछा, कुखुरा, अण्डा, दूधजन्य पदार्थ, पीठो र क्याफिनबाट टाढा रहन भनिएको छ।

दोस्रो हप्ता अन्तरिम उपवास सुरु गर्नुपर्ने चरण हो। हप्ताको सुरुमा २४ घण्टा उपवास बस्ने र त्यसपछि प्रोटिनयुक्त खानाबाट उपवास तोड्नुपर्ने उनले बताए। दिनमा दुई पटक प्रोटिन शेक लिनुपर्ने र दिउँसो तथा रातिको खानामा सन्तुलित मात्रामा कार्बोहाइड्रेट, प्रोटिन, सागसब्जी तथा अन्य पोषक तत्वहरू मिलाउनु पर्नेछ। कालो कफी, बदाम, दाल र सेतो भात पनि सीमित रूपमा खान सकिने उनले बताएका छन्।

तेस्रो हप्ता बोसो जलाउने चरण हो। यस हप्तामा दुई पटक २४ घण्टाको उपवास राख्नुपर्ने हुन्छ। सामान्य खाना खपत घटाउनु पर्ने र खाजामा बीउ, चेरी गोलभेडा, जामुन, चेस्टनटजस्ता फलफूलको सेवन बढाउनुपर्ने हुन्छ। केरा र सखरखण्ड विशेष रूपमा उपयोगी मानिएको छ।

चौथो तथा अन्तिम हप्ता भने सबभन्दा कडाइका साथ पालना गर्नुपर्ने समय हो। यसमा तीन पटक २४ घण्टाको उपवास बस्नुपर्ने हुन्छ, जसमा पानीबाहेक केही पनि खान पाइँदैन। खाने समयमा हरियो सागसब्जी, बदाम, बीउ, केरा र सखरखण्डलाई प्राथमिकता दिनुपर्छ। साथै, हरेक दिन कम्तीमा एक घण्टा व्यायाम गर्नुपर्ने अनिवार्य सर्त राखिएको छ। हिँड्न सक्ने अवस्था नभए पनि कम्तिमा पैदल हिँड्नुपर्छ।

यो योजना केवल तौल घटाउने मात्र नभई शरीरभित्रका प्रणालीहरूलाई सफा, सक्रिय र स्वस्थ बनाउने उपायसमेत भएको डा. पार्क बताउँछन्। अहिले यो विधि विश्वभरका मानिसहरू माझ लोकप्रिय बन्दै गएको छ, विशेष गरी उनीहरूका लागि जो बिना औषधि र सर्जरी तौल घटाउन चाहन्छन्।

सम्बन्धित खबर

प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?

प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?

काठमाडौं । पछिल्लो समय वायु प्रदूषण बढेसँगै धेरै मानिसमा घाँटी खसखस हुने, चिलाउने, बारम्बार खकार निकाल्न मन लाग्ने तथा खोकी लागिरहने…
कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

सुर्खेत, जेठ १५ — बालिका, किशोरी तथा महिलामाथि हुने लैङ्गिक विभेद, बालविवाह, छाउपडी कुप्रथा, घरेलु हिंसा, यौन दुव्र्यवहार तथा मानव बेचबिखनजस्ता…
चौकुने गाउँपालिका वडा न. ९ र १० को घाटगाऊँ बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु वडा अध्यक्ष र प्रहरीको रोहवरमा नष्ट

चौकुने गाउँपालिका वडा न. ९ र १० को घाटगाऊँ…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा घाटगाउँको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…

Leave a Reply

Your email address will not be published. Required fields are marked *