• बैशाख १७, २०८२
  • No Comment
  • 65

२ केजी लागूऔषधसहित जाजरकोटका ५३ वर्षीय घर्ति पक्राउ

जाजरकोट । भेरी नगरपालिका १ रिम्ना बजारस्थित जाजरकोट डोल्पा सडक खण्डमा लागूऔषध (अफिम) सहित एक पुरुष पक्राउ परेका छन ।
पक्राउ पर्नेमा नलगाड नगरपालिका–३ निवासी अन्दाजी ५३ वर्षीय बिष्णु बहादुर घर्ति रहेका छन् ।
सोमबार बेलुका करिब ७ बजे इलाका प्रहरी कार्यालय रिम्नाबाट प्रहरी नायव निरीक्षक शिउ कुमार चौधरीको कमाण्डमा खटिएको प्रहरी टोलीले लु १ ज ३९२६ नम्बरको जिप जाँच गर्दा २ केजी ५२० ग्राम (अफिम)  लागूऔषध फेला परेको हो।

जाजरकोटको बारेकोटदेखि नेपालगञ्जतर्फ गाडी जादै गरेको बोलेरो चेकजाँचको क्रममा   जिपमा सवार घर्तिको साथमा रहेको झोलाभित्र लुकाई छिपाई राखिएको (अफिम) जस्तो देखिने लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए।

पक्राउ परेका घर्तिलाई जाजरकोट जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई जिल्ला प्रहरी कार्यालय जाजरकोटको हिरासतमा राखिएको र आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी डाँगीले जानकारी दिएका छन्।

सम्बन्धित खबर

स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली प्रदेश सरकार

स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली प्रदेश सरकार

सुर्खेत – प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप व्यवस्थित र एकरूपता ल्याउन कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका स्थानीय तहका जनप्रतिनिधिसँग दुई दिने…
बुबाको हत्या गरेकाे आरोपमा छोरा पक्राउ

बुबाको हत्या गरेकाे आरोपमा छोरा पक्राउ

काठमाडौँ – आफ्नै बुबाको हत्या गरेको अभियोगमा एक जना छोरालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१५, किमडोल बस्ने गोरखा चुमनुब्री…
स्वस्थ जीवनशैलीका लागि बिहानको खाजा अनिवार्य खानुहाेस

स्वस्थ जीवनशैलीका लागि बिहानको खाजा अनिवार्य खानुहाेस

– स्वस्थ जीवनशैली अपनाउन चाहनेहरूका लागि बिहानको खाजा अत्यन्तै आवश्यक मानिन्छ। विशेषज्ञहरूका अनुसार बिहानको खाजा शरीरलाई आवश्यक ऊर्जा प्रदान गर्ने मुख्य…

Leave a Reply

Your email address will not be published. Required fields are marked *