• बैशाख १७, २०८२
  • No Comment
  • 185

मेलमिलापकर्ताहरु संग समिक्षा बैठक तथा छलफल सम्बन्धि कार्यक्रम सम्पन्न

चौकुने ।चौकुने गाउँपालिकाको सभाहलमा वडा स्तरमा हुने विभिन्न विवादलाई मेलमिलापका माध्यमबाट वडामै मिलाउने उद्देश्यले सञ्चालित मेलमिलाप सम्बन्धी मेलमिलापकर्ताहरु संग समिक्षा बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । ४८ घण्टे मेलमिलाप सम्बन्धी आधारभुत समिक्षा तथा छलफल चौकुनेगाउँ पालिका न्यायिक समितिको आयोजकमा सञ्चालन भएको थियो ।

समिक्षा बैठक तथा छलफलमा मेलमिलापको महत्व, मेलमिलापले सामाजिक द्धन्द व्यवस्थापनमा पुर्याउने सहयोग लगाएतका विषयमा सिकाइएको थियो । मेलमिलापकर्ताहरु सँग समिक्षा बैठक तथा छलफलमा १० वडाबाट २२ जना र, बुद्धिजिवि लगायत न्यायिक समितिका कर्माचारीको सहभागीता रहेको थियो । चौकुने गाउँपालिकाका अध्यक्ष खडक बिवस वासपानेको प्रमुख आतिथ्यता भएको कार्यक्रम चौकुनेगाउँ पालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक नर बहादुर बान्तोलाको अध्यक्षतामा रहेको थियो । कार्यक्रमको संचालन चौकुने गाउँपालिकाका न्यायिक शाखाका रणबहादुर गंरजा मगरले गर्नु भएको थियो ।

सम्बन्धित खबर

लेक लागेर मुस्ताङमा ९ विदेशीसहित १३ पर्यटकको मृत्यु

लेक लागेर मुस्ताङमा ९ विदेशीसहित १३ पर्यटकको मृत्यु

मुस्ताङ — हिमाली जिल्ला मुस्ताङमा उच्च उचाइका कारण हुने ‘हाइअल्टिच्युड सिकनेस’ (लेक लाग्ने समस्या) बाट चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म ९…
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, जेठ ३१ — देशभर आज चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय…
कस्तो खानेकुराले बालबालिकालाई कब्जियत गराउन सक्छ? समस्या कम गर्ने घरेलु उपाय के–के छन्?

कस्तो खानेकुराले बालबालिकालाई कब्जियत गराउन सक्छ? समस्या कम गर्ने…

बालबालिकामा कब्जियत एक सामान्य स्वास्थ्य समस्या भए पनि समयमै ध्यान नदिँदा यसले दीर्घकालीन जटिलता निम्त्याउन सक्छ। विशेषज्ञहरूका अनुसार असन्तुलित खानपान, जंकफुडको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *