• बैशाख १७, २०८२
  • No Comment
  • 111

मेलमिलापकर्ताहरु संग समिक्षा बैठक तथा छलफल सम्बन्धि कार्यक्रम सम्पन्न

चौकुने ।चौकुने गाउँपालिकाको सभाहलमा वडा स्तरमा हुने विभिन्न विवादलाई मेलमिलापका माध्यमबाट वडामै मिलाउने उद्देश्यले सञ्चालित मेलमिलाप सम्बन्धी मेलमिलापकर्ताहरु संग समिक्षा बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । ४८ घण्टे मेलमिलाप सम्बन्धी आधारभुत समिक्षा तथा छलफल चौकुनेगाउँ पालिका न्यायिक समितिको आयोजकमा सञ्चालन भएको थियो ।

समिक्षा बैठक तथा छलफलमा मेलमिलापको महत्व, मेलमिलापले सामाजिक द्धन्द व्यवस्थापनमा पुर्याउने सहयोग लगाएतका विषयमा सिकाइएको थियो । मेलमिलापकर्ताहरु सँग समिक्षा बैठक तथा छलफलमा १० वडाबाट २२ जना र, बुद्धिजिवि लगायत न्यायिक समितिका कर्माचारीको सहभागीता रहेको थियो । चौकुने गाउँपालिकाका अध्यक्ष खडक बिवस वासपानेको प्रमुख आतिथ्यता भएको कार्यक्रम चौकुनेगाउँ पालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक नर बहादुर बान्तोलाको अध्यक्षतामा रहेको थियो । कार्यक्रमको संचालन चौकुने गाउँपालिकाका न्यायिक शाखाका रणबहादुर गंरजा मगरले गर्नु भएको थियो ।

सम्बन्धित खबर

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

सुर्खेत, असोज ३१ — नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तार गर्ने अभियान तीव्र पारेको छ।…
पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *