• बैशाख १६, २०८२
  • No Comment
  • 66

जाजरकाेटमा ६ के.जी लागुऔषध (अफिम) सहित ३ जना पक्राउ

जाजरकोट। ६ के.जी लागुऔषध (अफिम) सहित ३ जना लाई जाजरकोट प्रहरीले पक्राउ गरेको छ । सोमबार विहान ९ बजे नलगाड नगरपालिका अन्तर्गत  तल्लु बजार देखि बाँके नेपालगञ्ज तर्फ जादैँ गरेको कर्णाली प्रदेश ०२००१ च.११४५ बोलेरो जिप चेकजाच गर्ने क्रममा उनीहरु लाई पक्राउ गरिएको हो ।

जाजरकोट जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक हरि राम डाँगी का अनुसार पक्राउ पर्नेमा चालक नलगाड नगरपालिका- १० निवासी २३ वर्षीय हरि बाँनिया, वडा नम्बर ९ निवासी २३ वर्षीय सुरेश सिंह र सोही वडाका ३० वर्षीय दिपक सिंह रहेका छन ।

उनीहरुको साथ बाट ६ के .जी लागुऔषध (अफिम) जस्तो देखिने अर्धठोस पदार्थ र नगद रु २५०० हजार बरामद गरिएको निरिक्षक डाँगीले बताएका छन ।
पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सुर्खेतमा भन्सार छली सामान बरामद

सुर्खेतमा भन्सार छली सामान बरामद

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले भन्सार छली ल्याइएको ठूलो परिमाणको मोबाइल पार्ट्ससहितका सामान बरामद गरेको छ । शनिबार दिउँसो…
कोहलपुर–सुर्खेत १३२ केभी प्रशारणलाइन तिहारसम्म सम्पन्न गरिसक्नु : मुख्यमन्त्री कँडेल

कोहलपुर–सुर्खेत १३२ केभी प्रशारणलाइन तिहारसम्म सम्पन्न गरिसक्नु : मुख्यमन्त्री…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रशारणलाइन तिहारभित्रै सम्पन्न गर्ने गरी काम गर्न निर्देशन दिएका छन्…
महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्छ : मेयर बालेन

महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्छ : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्ने गरेको बताएका छन् । शनिबार (भदौ १४)…

Leave a Reply

Your email address will not be published. Required fields are marked *