- बैशाख १५, २०८२
- No Comment
- 34
जाजरकोटमा बारीबाट लडेर १ जनाको मृत्यु

जाजरकोट। जाजरकोटको भेरी नगरपालिका- ३ ठाटि स्थित बाग्लुङ होटलको हेरचाह गर्न भनि बसेकी १ महिलाको बारीबाट लडेर मृत्यु भएको छ । सोमबार दिउँसो जाजरकोटको भेरी नगरपालिका- ४ निवासी ७० वर्षीया विष्णु कुमारी बारीको छेउमा सुतिरहेको अवस्थामा एक्कासी उठ्न खोज्दा ५ मिटर तल सडकमा खस्दा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी सहायक निरिक्षक प्रेम हमालका अनुसार टाउकोमा गहिरो चोट लागेर घाइते भएकी परिवारको जिल्ला अस्पताल जाजरकोटमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिएका छन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।