- बैशाख १५, २०८२
- No Comment
- 10
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको
मूल्य तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ, जुन आइतबारको तुलनामा १ हजार ४०० रुपैयाँले कम हो।
आइतबार सोही सुनको मूल्य तोलामा १ लाख ८९ हजार ७०० रुपैयाँ थियो । यसैगरी, चाँदीको मूल्य पनि घटेको छ।
आइतबार तोलाको १ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार तोलाको १ हजार ९७० रुपैयाँमा झरेको
महासंघले जनाएको छ।