• बैशाख ११, २०८२
  • No Comment
  • 125

फ्याटी लिभर हटाउन यी ६ चमत्कारी खानेकुरा

काठमाडौँ ।पछिल्ला वर्षहरूमा नेपालीहरूमा फ्याटी लिभरको समस्या तीव्र रूपमा बढ्दो छ। अस्वस्थ खानपान, व्यायामको अभाव, र तनावपूर्ण जीवनशैलीका कारण कलेजो वरिपरि बोसो जम्ने समस्या सामान्य हुँदै गएको छ। चिकित्सकहरूका अनुसार समयमै ध्यान नदिए यो समस्या कलेजोको कार्यक्षमता घटाउने मात्र होइन, दीर्घकालीन स्वास्थ्य समस्या पनि बन्न सक्छ।

तर चिन्ता नगर्नुस् — तपाईँको भान्सामा हुने सामान्य खाद्यवस्तुहरूले नै यो समस्या हटाउन सक्ने क्षमता राख्छन्। स्वास्थ्य विशेषज्ञहरूद्वारा सुझाइएको केही घरेलु उपायहरू निम्न प्रकार छन्स्

एभोकाडो
एभोकाडोमा पाइने स्वस्थ बोसो र फाइबरले कलेजोको कोषहरू मर्मत गर्न मद्दत गर्छ। साथै यसले पाचन प्रणालीलाई सक्रिय बनाउँछ, जसले कलेजो वरिपरि जमेको बोसो हटाउन सहयोग पुर्याउँछ।

लसुन
लसुनमा यस्ता तत्वहरू हुन्छन्, जसले कलेजोमा जम्मा भएको बोसो पगाल्न मद्दत गर्छ। बिहान खाली पेटमा १(२ पोटी काँचो लसुन पानीसँग सेवन गर्दा राम्रो परिणाम देखिन्छ।

हरियो चिया
हरियो चियामा पाइने क्याटेचिन एन्टिअक्सिडेन्टले कलेजोको कार्यक्षमता बढाउँछ र विषाक्त पदार्थहरूको असरबाट जोगाउँछ। नियमित सेवनले कलेजोको बोसो कम गर्न सहयोग पुर्‍याउँछ।

ओट्स
फाइबरको उत्तम स्रोत ओट्स बिहानको नास्तामा सेवन गर्दा पाचन सुधार हुन्छ र कलेजोको बोसो हटाउन सहयोग पुग्छ।

अलसीको बीउ
ओमेगा(३ फ्याटी एसिड र फाइबरले भरिपूर्ण अलसीको बीउ फ्याटी लिभर घटाउन प्रभावकारी मानिन्छ। बिहान वा बेलुकाको समयमा थोरै परिमाणमा सेवन गर्न सकिन्छ।

सूर्यमुखीको बीउ
यसमा रहेका स्वस्थ बोसो र एन्टिअक्सिडेन्टले कलेजोको सूजन कम गर्छ र बोसो पगाल्न सघाउँछ। नास्तामा वा सलादसँग मिसाएर सेवन गर्न सकिन्छ।

स्वस्थ जीवनशैली अपनाउँदै, यी खानेकुराहरूलाई आफ्नो दैनिक आहारमा समावेश गरेमा फ्याटी लिभरबाट राहत पाउन सकिन्छ। तर, दीर्घकालीन समस्या भएमा चिकित्सकको सल्लाह लिनु आवश्यक छ।

सम्बन्धित खबर

Online Gambling Enterprises That Approve PayPal Deposits

PayPal has actually become one of the most popular and relied on on-line repayment methods worldwide. This e-wallet service allows individuals…

Fortuna Casino: Analýza Tržního Hráče pro Český Hazardní Průmysl

Úvod: Fortuna Casino v Zorném Úhlu Analytika Pro analytiky v českém hazardním průmyslu představuje Fortuna Casino klíčového hráče, jehož výkonnost a…

OlyBet: Kompletní Průvodce Pro Zkušené Hráče v České Republice

Úvod: Proč by Vás OlyBet Měl Zajímati Pro pravidelné hráče v České republice je výběr online kasina klíčovým rozhodnutím, které ovlivňuje…

Leave a Reply

Your email address will not be published. Required fields are marked *