• बैशाख ११, २०८२
  • No Comment
  • 68

फ्याटी लिभर हटाउन यी ६ चमत्कारी खानेकुरा

काठमाडौँ ।पछिल्ला वर्षहरूमा नेपालीहरूमा फ्याटी लिभरको समस्या तीव्र रूपमा बढ्दो छ। अस्वस्थ खानपान, व्यायामको अभाव, र तनावपूर्ण जीवनशैलीका कारण कलेजो वरिपरि बोसो जम्ने समस्या सामान्य हुँदै गएको छ। चिकित्सकहरूका अनुसार समयमै ध्यान नदिए यो समस्या कलेजोको कार्यक्षमता घटाउने मात्र होइन, दीर्घकालीन स्वास्थ्य समस्या पनि बन्न सक्छ।

तर चिन्ता नगर्नुस् — तपाईँको भान्सामा हुने सामान्य खाद्यवस्तुहरूले नै यो समस्या हटाउन सक्ने क्षमता राख्छन्। स्वास्थ्य विशेषज्ञहरूद्वारा सुझाइएको केही घरेलु उपायहरू निम्न प्रकार छन्स्

एभोकाडो
एभोकाडोमा पाइने स्वस्थ बोसो र फाइबरले कलेजोको कोषहरू मर्मत गर्न मद्दत गर्छ। साथै यसले पाचन प्रणालीलाई सक्रिय बनाउँछ, जसले कलेजो वरिपरि जमेको बोसो हटाउन सहयोग पुर्याउँछ।

लसुन
लसुनमा यस्ता तत्वहरू हुन्छन्, जसले कलेजोमा जम्मा भएको बोसो पगाल्न मद्दत गर्छ। बिहान खाली पेटमा १(२ पोटी काँचो लसुन पानीसँग सेवन गर्दा राम्रो परिणाम देखिन्छ।

हरियो चिया
हरियो चियामा पाइने क्याटेचिन एन्टिअक्सिडेन्टले कलेजोको कार्यक्षमता बढाउँछ र विषाक्त पदार्थहरूको असरबाट जोगाउँछ। नियमित सेवनले कलेजोको बोसो कम गर्न सहयोग पुर्‍याउँछ।

ओट्स
फाइबरको उत्तम स्रोत ओट्स बिहानको नास्तामा सेवन गर्दा पाचन सुधार हुन्छ र कलेजोको बोसो हटाउन सहयोग पुग्छ।

अलसीको बीउ
ओमेगा(३ फ्याटी एसिड र फाइबरले भरिपूर्ण अलसीको बीउ फ्याटी लिभर घटाउन प्रभावकारी मानिन्छ। बिहान वा बेलुकाको समयमा थोरै परिमाणमा सेवन गर्न सकिन्छ।

सूर्यमुखीको बीउ
यसमा रहेका स्वस्थ बोसो र एन्टिअक्सिडेन्टले कलेजोको सूजन कम गर्छ र बोसो पगाल्न सघाउँछ। नास्तामा वा सलादसँग मिसाएर सेवन गर्न सकिन्छ।

स्वस्थ जीवनशैली अपनाउँदै, यी खानेकुराहरूलाई आफ्नो दैनिक आहारमा समावेश गरेमा फ्याटी लिभरबाट राहत पाउन सकिन्छ। तर, दीर्घकालीन समस्या भएमा चिकित्सकको सल्लाह लिनु आवश्यक छ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *