• बैशाख १०, २०८२
  • No Comment
  • 128

तपाईलाई थाहा छ ? के हो स्लिप डिभोर्स ?

पछिल्लो समय पश्चिमी देशहरूमा ‘स्लिप डिभोर्स’को प्रवृत्ति तीव्र गतिमा बढिरहेको छ । स्लिप डिभोर्समा जोडीहरू एउटै ओछ्यानमा नसुतेर अलग कोठा वा बेडमा सुत्ने निर्णय गर्छन्।

यो निर्णय सामान्यतया निद्रासँग सम्बन्धित समस्याहरू जस्तै घुर्ने समस्या, फरक सुत्ने बानी वा असहज सुत्ने तारिकाका कारण लिइन्छ ।

उदाहरणका लागि, यदि एक पार्टनर राति अबेरसम्म काम गर्छन् वा अर्कोले बिहान चाँडै उठ्नुपर्छ भने, यो व्यवस्थाले दुवैलाई राम्रो निद्रा प्राप्त गर्न सहयोग गर्छ । यो अवधारणा सम्बन्धमा तनाव कम गर्न र व्यक्तिगत स्वास्थ्यलाई प्राथमिकता दिन डिजाइन गरिएको हो ।

नेपाल जस्तो देशमा भने सँगै सुत्नुलाई प्रेम र एकताको प्रतीक मानिन्छ, यो अवधारणालाई स्वीकार गर्न समय लाग्न सक्छ । यस्तोमा यो प्रवृत्तिले जोडीहरू बीचको दूरी बढाइरहेको छ वा यसले एक अर्कालाई राम्रोसँग बुझ्न मद्दत गरिरहेको छ रु

किन बढ्दै छ स्लिप डिभोर्स

निन्द्राको महत्त्व

निद्रा हाम्रो स्वास्थ्य र मानसिक शान्तिका लागि धेरै महत्त्वपूर्ण छ । जब पार्टनरको बानीले निद्रामा बाधा पुर्‍याउँछ, यसले थकान र तनाव पैदा गर्न सक्छ । यसले गर्दा पार्टनरको निद्रा पुरा हुँदैन र उसको दैनिक कार्यमा पनि असर पुग्छ ।

स्वास्थ्य समस्या

घुर्ने समस्या कहिलेकाहीँ स्लिप एपनिया वा श्वासनलीमा अवरोधको कारण पनि हुन्छ । घुर्ने समस्या नियन्त्रण गर्न, फरक–फरक आसनमा सुत्ने प्रयास गर्नुपर्छ । समस्या कम नभएको अवस्थामा चिकित्सकको सल्लाह लिनुपर्छ ।

काम गर्ने समय

आजकल, जोडीहरूको काम गर्ने समय र तालिका फरक–फरक हुन्छ, जसले गर्दा एकै समयमा सुत्न गाह्रो हुन्छ ।

‘पर्सनल स्पेस’

केही मानिसहरूले आफूलाई पर्सनल स्पेस दिन मन पराउँछन् ताकि उनीहरूले पूरा निद्रा पाउन सकुन् । यदि पार्टनरको सुत्ने(उठ्ने समय मिल्दैन भने यस्तोमा
पार्टनरको निद्रामा बाधा पुग्छ भनेर छुट्टै कोठामा सुत्न रुचाउँछन् ।

स्लिप डिभोर्सको असर

भावनात्मक दूरी

सँगै सुत्दा शारीरिक सम्बन्ध मात्र नभई भावनात्मक सम्बन्ध पनि बढ्छ । छुट्टै सुत्दा यो बन्धन कमजोर हुन सक्छ । जब राति एक अर्कालाई छुँदै सुतिन्छ शरीरमा राम्रो हार्मोनहरू पनि निस्कन्छन् जसले खुसी र आराम महसुस गराउँछ ।

सञ्चारको अभाव

पार्टनरहरूले राति सँगै सुत्दा दिनभरिका घटनाहरू एक(अर्कालाई सुनाउँछन् । छुट्टाछुट्टै सुत्दा यो समय गुम्न सक्छ र किनभने जोडीहरू दिनभरि आफ्नो काममा व्यस्त हुन्छन् र यदि उनीहरूले रातमा पनि एक(अर्कालाई त्यो समय दिएनन् भने, उनीहरू बीच स्वतः दूरी आउन थाल्छ र एक(अर्काप्रतिको लगाव कम हुन्छ ।

प्रेमको कमी

सँगै सुत्नु प्रेमको एउटा महत्त्वपूर्ण पक्ष हो । जब पार्टनरहरू सँगै सुत्छन्, पति–पत्नी बीचका धेरै झगडाहरू कुनै प्रयास बिना नै समाधान हुन्छन् । छुट्टै सुत्दा यो आराम र निकटता कम हुन सक्छ । आफ्नो पार्टनरलाई मनाउने र माया गर्ने अवसरहरू कम हुन सक्छ ।

कहिलेकाहीँ स्लिप डिभोर्स फाइदाजनक पनि हुन्छन्

स्लिप डिभोर्सलाई कतिपयले फन्डा वा अस्थायी समाधान मात्रै भएको बताउने गर्छन् । कतिपय संस्कृतिमा, विशेष गरी नेपाल जस्ता देशहरूमा, जोडीहरूको सँगै सुत्ने परम्परा सामाजिक र साँस्कृतिक रूपमा गहिरो छ ।

यहाँ स्लिप डिभोर्सलाई अनौठो वा सम्बन्धमा दूरी ल्याउने कुराको रूपमा लिइन सक्छ । तर, पश्चिमी देशहरूमा यो जीवनशैलीको हिस्सा बन्दै गएको छ, जहाँ व्यक्तिगत स्वास्थ्य र स्वतन्त्रताको कदर गरिन्छ ।

स्लिप डिभोर्स जीवनशैलीको रूपमा स्वीकार हुने सम्भावना बढ्दै गएको छ किनभने यसले स्वास्थ्य र सम्बन्धमा सकारात्मक प्रभाव पार्छ । उदाहरणका लागि, अमेरिकाको नेशनल स्लिप फाउन्डेसनको एक सर्वेक्षण अनुसार, २५ प्रतिशत भन्दा बढी जोडीहरूले कहिलेकाहीँ वा नियमित रूपमा अलग सुत्ने गरेको बताएका छन् । यो व्यवस्थाले निद्रा
सम्बन्धी समस्याहरू कम गर्छ र जोडीहरूको सम्बन्धमा तनाव घटाउँछ ।

अलग्गै सुत्दा पार्टनरको निद्रा राम्रो हुन सक्छ, जसले गर्दा उनीहरूको मुड र काम गर्ने तरिकामा सुधार आउन सक्छ । महिनामा केही दिन जब काममा व्यस्त भइन्छ वा यात्राको कारण थकित भइन्छ त्यो बेला छुट्टै कोठामा सुत्न सकिन्छ ।

केही जोडीहरूका लागि, यो व्यक्तिगत स्वतन्त्रताको आनन्द लिने तरिका हुन सक्छ । कहिलेकाहीँ जोडीहरू विवाह गर्छन् तर आफ्नो अविवाहित जीवन त्याग्न चाहँदैनन् । अथवा कहिलेकाहीँ, फरक कामको सिफ्टका कारण, छुट्टाछुट्टै सुत्न आवश्यक हुन्छ ।

सँगै सुत्दा सम्बन्ध बलियो हुन्छ

सँगै सुत्दा शारीरिक सम्पर्क, जस्तै अँगालो हाल्ने वा हात समात्ने गर्दा शरीरमा अक्सिटोसिन प्रेम हर्मोन बढ्छ । साथै सँगै सुत्दा पारस्परिक विश्वास र सम्बन्ध पनि बढ्छ ।

सुत्नु अघिको समय जोडीहरूका लागि एक(अर्कासँग कुरा गर्ने र एक अर्काको भावना बुझ्ने उत्कृष्ट अवसर हो ।

सम्बन्धित खबर

Online Gambling Enterprises That Approve PayPal Deposits

PayPal has actually become one of the most popular and relied on on-line repayment methods worldwide. This e-wallet service allows individuals…

Fortuna Casino: Analýza Tržního Hráče pro Český Hazardní Průmysl

Úvod: Fortuna Casino v Zorném Úhlu Analytika Pro analytiky v českém hazardním průmyslu představuje Fortuna Casino klíčového hráče, jehož výkonnost a…

OlyBet: Kompletní Průvodce Pro Zkušené Hráče v České Republice

Úvod: Proč by Vás OlyBet Měl Zajímati Pro pravidelné hráče v České republice je výběr online kasina klíčovým rozhodnutím, které ovlivňuje…

Leave a Reply

Your email address will not be published. Required fields are marked *