• बैशाख ५, २०८२
  • No Comment
  • 136

कैलालीको मोहन्याल भत्कुरीमा बाघले बस्तीमा पसेर बाख्रा मार्न थालेपछि स्थानीय त्रासमा

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका-३ भत्कुरीमा बाघले बाख्रा मारिदिएको छ। मोहन्याल गाउँपालिका–३ भत्कुरीमा बाघले बस्तीमा पसेर दुई किसानका बाख्रा मारेको छ भने ६ वटा बाख्रा वेपता भएका छन् ।

बुधवार राति घरसँगै सटेको गोठमा पसेर कमल भण्डारीका र मोहन थापाका बाख्रा बाघले मारेको हो । बाघले कमल भण्डारीका तीन बाख्रा मारेको ६ वटा बाख्रा बेपत्ता बनाएको र मोहन थापाको एउटा खसी जंगलमा चराउन लगेको बेला मारेर खाएको थियो । बस्तीमै छिरेर गोठमा पसी बाघले बाख्रा मारेर खान थालेपछि अहिले स्थानीयहरु त्रसित भएका छन् । बाघबाट पशुचौपायालाई बचाउन स्थानीयले सम्बन्धित निकायमा आग्रह गरेका छन् ।

बर्दिया राष्ट्रिय निकुन्जमा बाघको संख्या बढेपछि सिमानामा पर्ने मोहान्याल गाउँपालिकाको विभिन्न वडामा बाघले बेलाबेलामा पशुचौपाया मार्दै आएको मोहान्याल गाउँपालिका वडा नं ३ भत्कुरीका स्थानीय हरि प्रसाद देवकोटाले बताउनु भएको छ । एक महिनाअघि मात्र बाघले मोहन्याल गाउँपालिकाकै एक स्थानीय एकेन्द्र बहादुर थापाका ४ वडा बाख्रा मारेर खाएको मोहन्याल गाउँपालिका ३ भत्कुरीबाट पुरन बिष्टले जानकारी दिएका छन् ।

सम्बन्धित खबर

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *