• बैशाख ५, २०८२
  • No Comment
  • 206

कैलालीको मोहन्याल भत्कुरीमा बाघले बस्तीमा पसेर बाख्रा मार्न थालेपछि स्थानीय त्रासमा

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका-३ भत्कुरीमा बाघले बाख्रा मारिदिएको छ। मोहन्याल गाउँपालिका–३ भत्कुरीमा बाघले बस्तीमा पसेर दुई किसानका बाख्रा मारेको छ भने ६ वटा बाख्रा वेपता भएका छन् ।

बुधवार राति घरसँगै सटेको गोठमा पसेर कमल भण्डारीका र मोहन थापाका बाख्रा बाघले मारेको हो । बाघले कमल भण्डारीका तीन बाख्रा मारेको ६ वटा बाख्रा बेपत्ता बनाएको र मोहन थापाको एउटा खसी जंगलमा चराउन लगेको बेला मारेर खाएको थियो । बस्तीमै छिरेर गोठमा पसी बाघले बाख्रा मारेर खान थालेपछि अहिले स्थानीयहरु त्रसित भएका छन् । बाघबाट पशुचौपायालाई बचाउन स्थानीयले सम्बन्धित निकायमा आग्रह गरेका छन् ।

बर्दिया राष्ट्रिय निकुन्जमा बाघको संख्या बढेपछि सिमानामा पर्ने मोहान्याल गाउँपालिकाको विभिन्न वडामा बाघले बेलाबेलामा पशुचौपाया मार्दै आएको मोहान्याल गाउँपालिका वडा नं ३ भत्कुरीका स्थानीय हरि प्रसाद देवकोटाले बताउनु भएको छ । एक महिनाअघि मात्र बाघले मोहन्याल गाउँपालिकाकै एक स्थानीय एकेन्द्र बहादुर थापाका ४ वडा बाख्रा मारेर खाएको मोहन्याल गाउँपालिका ३ भत्कुरीबाट पुरन बिष्टले जानकारी दिएका छन् ।

सम्बन्धित खबर

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।…
कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

 काठमाडौँ — कर्णाली क्षेत्रका महिलाको जीवन, संघर्ष र भोगाइलाई केन्द्रमा राखेर लेखिएको सिर्जु शाहको पहिलो उपन्यास ‘बैकिनी’ आइतबार काठमाडौँमा आयोजित एक…
बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

सुर्खेत । बैंकिङ कसूर मुद्दामा फरार रहेकी दैलेखको नौमुले गाउँपालिका–८ स्थायी घर भएकी कमला कुमारी शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *