- बैशाख ३, २०८२
- No Comment
- 126
चौकुनेमा श्रमिकका लागि कार्यस्थलमा आधारित तथा जीवन उपयोगी सीप विकास तालिम समापन कार्यक्रम सम्पन्न

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिकामा “श्रमको सम्मान, राष्टको अभियान ” भन्ने मुल नाराका साथ श्रमिकका लागि कार्यस्थलमा आधारित तथा जीवनउपयोगी सीप विकास सम्बन्धी तालिम आज सम्पन्न भएको छ । नेपाल सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रमको युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना अन्तर्गत श्रमिकका लागि कार्यस्थलमा आधारित तथा जीवनउपयोगी सीप विकास सम्बन्धी तालिमको आयोजना गरिएको थियो ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा वडा नं. १ देखि १० वटै वडाबाट छनौट भएका सहभागीलाई ईलेक्ट्रोनिक र डकर्मीका लागि ५० दिने जीवन उपयोगी सीप र कार्यस्थलमा आधारित सीप प्रदान गरिएको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्राथमिकिकरणको आधारमा वडाबाट छनौट भएका सुचिकृत वेरोजगारलाई ४० दिने कार्यस्थलमा आधारित सीप विकास तालिम र जीवन उपयोगी सीप र १० दिने जीवन उपयोगी सीप प्रदान गरिएको थियो । आज तालिमको समापन तथा प्रमाण-पत्र वितरण गर्दै चौकुने गाउँपालिकाका अध्यक्ष खडक बि क बिवसले मानिसको जीवनमा सीप महत्वपूर्ण हुने बताउनु भएको छ । ज्ञान र सीपलाई पैसासंग तुलना गर्न नहुने भन्दै सक्षम र दक्ष बन्नका लागि सीपको विकास गर्न आवश्यक रहेको बताउनु भयो ।
आफुसंग ज्ञान सीप र दक्षता भए स्वरोजगार र आत्मनिर्भर बन्न सकिने र ५० दिनसम्म गरेको तालिमको सहि सदुपयोग गर्न आग्रह गर्नु भएको छ ।चौकुने गाउँपालिका प्रमुख प्रशाकिय अधिकृत पुर्ण बहादुर बि कले दक्षता र सीपले मानिसलाई सफल बनाउने भन्दै आर्थिक समृद्धि पनि सीपबाटै सम्भव रहेको बताउनु भएको छ । उहाँले हरेक व्यक्ति सबै विषयमा दक्ष हुन नसक्ने भन्दै सम्बन्धित विषयमा पूर्ण रुपमा दक्ष बन्न आवश्यक रहेको भन्दै तालिममा सिकाएका कुरा इमान्दारिताका साथ सिक्न आग्रह गर्नु भएको छ ।
चौकुने गाउँपालिकाको आयोजना र भेरीराप्ती प्राविधिक शिक्षालय प्रा लि बिरेन्द्रनगर सुर्खेतको सहजीकरणमा ५० दिन सम्म चल्ने तालिम अन्तर्गत ४० दिन सम्म सिप बिकास अन्तर्गत ईलेक्ट्रीकल र डकर्मी तालिम र १० दिन जीवन उपयोगी विषयमा सीप सिकाईएको थियो ।वडा नं १ देखि १० वडाका ४० जना श्रमीकको सहभागिता रहेको र तालिमको सहजिकरण भेरीराप्ती प्राविधिक शिक्षालयका प्रशिक्षकले गरेका थिए ।

भेरी राप्ती प्राविधिक शिक्षालयका प्रतिनिधि सुरज पंगेनीको अध्यक्षतामा पालिकाको सभाहलमा भएको समापन तथा प्रमाण-पत्र वितरण समारोहमा चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस बासपाने को प्रमुख अतिथि बिशेष अतिथिमा पालिका उपाध्यक्ष नर बहादुर बान्तोला र प्रमुख प्रशासकीय अधिकृत पुर्ण बहादुर बि क को आतिथ्यमा कार्यक्रम समापन भएको थियो यस्तै वडा न ६ का वडा अध्यक्ष गोबिन्द थापा , वडा न ९ का वडा अध्यक्ष कविराम खनाल को उपस्थित रहेको थियो भने ,समापन कार्यक्रममा चौकुने गाउँपालिका रोजगार संयोजक कमल कृष्ण जैसीको स्वागत मन्तब्य सँगै ईलोक्ट्रोनिक र डकर्मी सम्बन्धि र जीवन उपयोगी सीप विकासका लागि तालिमको आयोजना गरिएसँगै आज ५० दिनसम्म चलेको तालिम सम्पन्न भएको बताउनु भएको छ ।
