• बैशाख १, २०८२
  • No Comment
  • 225

चौकुने गाउँपालिका ८ मिलन चौकमा चौकुने साँस्कृतिक समाजको कार्यलय उद्धघाटन

चौकुने। चौकुने गाउँपालिका वडा नं ८ मा चौकुने साँस्कृतिक समाजको कार्यलय उद्घाटन कार्यालय संञ्चालन भएको छ । नयाँ बर्ष २०८२ सालको शुभ अवसरमा एक कार्यक्रमको आयोजना गरी चौकुने गाउँपालिका वडा न ८ मिलनचौकमा चौकुने गाउँपालिका वडा न ८ का वडा अध्यक्ष कमल जि सी र वडा न ७ का वडा अध्यक्ष धनिराम धमलाको प्रमुख र बिशेष अतिथिमा चौकुने साँस्कृतिक समाजको कार्यालय उद्घाटन गर्नु भएको छ ।

कार्यक्रम उद्घाटनको क्रममा वडा न ७ का वडा अध्यक्ष धनिराम धमलाले संस्कृति, भाषा, भेषभुषाको संरक्षणको साथै चौकुनेमा कला र संस्कृति व्यवस्थाको लागि वडाले सहयोग गर्ने बताउनु भएको छ । कार्यक्रममा चौकुने गाउँपालिका वडा न ८ का अध्यक्ष एवं आजका प्रमुख अतिथि कमल जि सीले मानवजातिको हित साथै सम्पुर्ण नागरिकको सुरक्षाको लागि वडाले निरन्तर रुपमा कार्यगर्दै आएको बताउनु भयो । उहाँले भन्नु भयो—जनप्रतीनिधि भएपछि सवैखालको नागरिकलाई समान व्यवहार उसको कर्तव्य हो । मैले सोहि कर्तव्य पालना गर्दै वडामा रहेका सम्पूर्ण जात जाति भाषा धर्म र हरेकबर्गको हितकोलागि काम गर्न व्यवस्था मिलाएको बताउनु भएको छ ।

सो कार्यलयको आज उद्घाटन गरियो,कार्यलय मात्रै भएर पुग्दैन कला र संस्कृति जोगाउनका लागि कार्यलय व्यवस्थापनको लागि आफ्नो व्यक्तिगत तथा आफ्नो वडा को तर्फबाट सघाउन तयार रहेको बताउनु भयो चौकुने सांस्कृतिक समाजका अध्यक्ष शिबराज जोशीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा ईभरग्रिन बोडिङ्गका अध्यक्ष प्रेमराज जोशि चौकुने गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष कमल जि सी वडा नं ७ का वडा अध्यक्ष धनिराम धमला लगाएतका बक्ताहरुले नयाँ बर्ष २०८२ सालको शुभकामना सहित मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम संञ्चालक चौकुने सांस्कृतिक समाजका सचिव यज्ञप्रसाद ढकालले गर्नुभएको थियो ।

सम्बन्धित खबर

प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?

प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?

काठमाडौं । पछिल्लो समय वायु प्रदूषण बढेसँगै धेरै मानिसमा घाँटी खसखस हुने, चिलाउने, बारम्बार खकार निकाल्न मन लाग्ने तथा खोकी लागिरहने…
कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

सुर्खेत, जेठ १५ — बालिका, किशोरी तथा महिलामाथि हुने लैङ्गिक विभेद, बालविवाह, छाउपडी कुप्रथा, घरेलु हिंसा, यौन दुव्र्यवहार तथा मानव बेचबिखनजस्ता…
चौकुने गाउँपालिका वडा न. ९ र १० को घाटगाऊँ बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु वडा अध्यक्ष र प्रहरीको रोहवरमा नष्ट

चौकुने गाउँपालिका वडा न. ९ र १० को घाटगाऊँ…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा घाटगाउँको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…

Leave a Reply

Your email address will not be published. Required fields are marked *