• चैत्र ३१, २०८१
  • No Comment
  • 104

एक हप्तामा तौल घटाउने ‘जीएम डाइट’ के हो ? कसरी गर्छ काम ?

काठमाडौँ । तौल घटाउन चाहनेहरूका लागि नयाँ वर्षको सुरुवातसँगै नयाँ प्रयास पनि सुरु हुन्छ। बजारमा विभिन्न डाइट प्लानहरू चर्चामा छन्, तर पछिल्लो समय “जीएम डाइट” नामक एक विशेष सात दिने आहार योजना निकै लोकप्रिय हुँदै गएको छ। यदि तपाईं एक हप्तामा तौल घटाउन चाहनुहुन्छ भने, जीएम डाइट तपाईंका लागि उपयोगी साबित हुन सक्छ।

जीएम डाइट के हो ?

जीएम डाइटको पुरा नाम हो ‘जनरल मोटर्स डाइट’ हाे। यो डाइट पहिलो पटक सन् १९८५ मा अमेरिकाको जनरल मोटर्स कम्पनीका कर्मचारीहरूलाई तन्दुरुस्त राख्न बनाइएको थियो। अमेरिकी कृषि विभाग (USDA), एफडीए र हप्किन्स अनुसन्धान केन्द्रको सहकार्यमा तयार पारिएको यस डाइटले शरीरलाई डिटोक्स गर्न र तौल घटाउन सहयोग गर्छ।

यसमा सात दिनका लागि विशेष प्रकारको आहार निर्धारण गरिएको हुन्छ, जसअनुसार कम क्यालोरी तर भरपूर पोषण दिने खाना खान सल्लाह दिइन्छ। साथै, दिनभरि पर्याप्त मात्रामा पानी पिउनु अत्यावश्यक मानिन्छ।

  केवल फलफूल:
केरा बाहेक जुनसुकै फलफूल दिनभरि खान सकिन्छ। तरबुजा, स्याउ, सुन्तला, मेवा आदि प्राथमिक छन्। ८–१२ गिलास पानी पिउनु सल्लाह दिइन्छ।

  मात्र तरकारी:
काँचो वा उमालेको तरकारी मात्र खानु। बिहानको खाजामा सानो आलु उमालेर खान सकिन्छ। तेल र मसला प्रयोग गर्नु हुँदैन।

  फलफूल + तरकारी:
केरा र आलुबाहेक अरु सबै फलफूल र तरकारी खान सकिन्छ। पोषण सन्तुलनका लागि यो दिन महत्वपूर्ण मानिन्छ।

  केरा र दूध:
६–८ वटा केरा र ३–४ गिलास दूध पिउन सकिन्छ। चाहिएको खण्डमा हल्का तरकारीको सुप पनि लिन सकिन्छ।

  प्रोटिन, गोलभेंडा र खैरो चामल:
शाकाहारीले पनीर वा मुग दाल, मांसाहारीले कुखुरा वा माछा लिन सक्छन्। साथमा ६–७ वटा गोलभेंडा र १ कप खैरो चामल।

  तरकारी र खैरो चामल:
दिनभरि खैरो चामल र कुनै पनि तरकारी। प्रशस्त पानी पिउन सल्लाह दिइन्छ।

  फलफूल, खैरो चामल र रस:
अन्तिम दिनमा ताजा फलफूल, खैरो चामल र फलफूलको रस खान सकिन्छ।

जीएम डाइट कसरी काम गर्छ ?

  • क्यालोरी नियन्त्रण: कम क्यालोरीको सेवनका कारण शरीरले बोसोको भण्डारणलाई ऊर्जा स्रोतका रूपमा प्रयोग गर्छ।

  • डिटोक्स प्रभाव: फलफूल र तरकारीको भरपूर प्रयोगले शरीर सफा बनाउँछ।

  • मेटाबोलिज्म सुधार: सात दिनको अनुशासित खानाले शरीरको मेटाबोलिज्म बढ्छ।

  • पानीको तौल घट्छ: सुरुवाती दिनमा शरीरबाट पानी बाहिरिएर तुरुन्तै तौल घट्न सक्छ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *