• चैत्र २८, २०८१
  • No Comment
  • 186

हावाहुरीसँगै आएको असिना र पानीका कारण चौकुने गाउँपालिकामा ठूलो क्षति

हावाहुरीसँगै आएको असिना र पानीका कारण चौकुने गाउँपालिकामा ठूलो क्षति पुर्याएको छ। बुधबार राती एक्कासी हावाहुरीसँगै आएको मुसल्धारे पानीका कारण यहाँका घरमा क्षति पुर्याउनुका गहुँ, मसुरोका साथै फलफूल एवं तरकारी खेतीसमेत नष्ट हुँदा लाखौंको क्षति भएको छ। चौकुने गाउँपालिका वडा न –६ झकमकेका स्थानीय अमर ढोलि, बिनोद ढकाल , रमेश खनाल यसैगरी वडा न ५ पदम बि क ,कमाने नेपाली ,बल बहादुर कसेरा र दुधकला बि क को टिनले छाएको घरको पाता समेत उडाएको छ । हवाहुरीसँगै आएको पानीका कारण घरको छानो उडाउनुका साथै काठको घरमा समेत क्षति पुर्याएको छ।

चौकुने गाउँपालिकाको विभिन्न वडाका खर र टिनले छाएको घरमा क्षति पुर्याएको चौकुने गाउँपालिका विपद ब्यवस्थापन शाखा प्रमुख पदमराज शर्माले बताउनु भएको छ । हावाहुरीले पालिकाको ६ र ५ , वडामा ठूलो क्षति पुर्याएको र अन्य वडाबाट थप बिवरण आउन बाकी रहेको शाखा प्रमुख शर्मा ले जानकारी दिनुभएको छ हावाहुरी र असिना पानीले घरमा क्षति पुर्याउनुका साथै अन्नवालीमा गहुँ, आँप, लिची, सुन्तला लगायतको फलफूलमा निकै क्षति पुर्याएको जानकारी दिदै ईलाका प्रहरी कार्यालय गुटुका असई अनिल कुमार शाहीको प्रहरी युनिटबाट क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको बताउनु भयो हावाहुरीसहित आएको असिना पानीले कृषि क्षेत्रमा पनि निकै ठूलो क्षति पुर्याएको चौकुने कृषि बिकास शाखाका कृषि प्राबिधिक हेमन्त भण्डारीले जानकारी दिनु भएको छ ।

सम्बन्धित खबर

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *