• चैत्र २७, २०८१
  • No Comment
  • 150

चौकुने गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

चौकुने। चौकुने गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन तथा क्षमता बिकाश कार्यशाला चौकुनेमा सम्पन्न भएको छ। सञ्जाल गठन तथा क्षमता बिकाश कार्यशालामा शिक्षाका लागि राष्ट्रिय अभियान कर्णाली प्रदेश प्रदेश अधिकृत माया सापकोटाले बालिका, अपाङ्गता भएका बालबालिका तथा अन्य सीमान्तकृत तथा पिछडिएका समुदायका बालबालिकालाई शिक्षाको अवसरबाट वञ्चित हुनुपर्ने अवस्था आउन नदिनका लागि शिक्षामा समावेशीता सुनिश्चित गर्ने प्रयास अनुरुप कार्यक्रम गर्न लागेको जानकारी दिनुभयो।

लैङ्गिक समतामुलक तथा समावेशी शिक्षाको माध्यमबाट समावेशी र लैङ्गिकमैत्री समाज विकाशमा योगदान पुर्याउने सोच राख्नुको साथै बालबालिकाको पहुँच, सहभागिता र सिकाइ उपलब्धि सुनिश्चित गर्न सहजिकरण गर्ने लक्ष्य अनुसार अघि बढेको बताउनुभयो। शिक्षाको अवसरबाट बञ्चित भएका, सिकाइलाई निरन्तरता दिन नसकेका अध्ययन पुरा नगरी बिचमा विद्यालय छाडेका विद्यार्थीहरुको संख्या उच्च हुने गरेकाेले त्यस्ता समस्या समाधानका लागि नितिगत र संरचनागत प्रवन्ध लाई प्रभावकारी र नतिजामूलक बनाउने बारे चौकुने गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन र क्षमता बिकाश कार्यशाला आयोजना गरेको चौकुने गाउँपालिका शिक्षा शाखा प्रमुख टेकेन्द्र बुढाले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै चौकुने गाउँपालिका वडा न ८ वडा अध्यक्ष तथा सामाजिक बिकास संयोजक कमल जि सी ले चौकुने गाउँपालिकाले आधारभूत शिक्षा प्रदान गरेता पनि त्यस भन्दा माथिल्लो तहको शिक्षाको लागि समस्या भएकोले त्यसतर्फ पनि ध्यान दिन आवश्यक रहेको बताउनुभयो। त्यसैगरी बुवा आमा गुमाएका साथै आर्थिक अवस्था एकदमै दयनिय भएको परिवारको बालबालिका पनि रहेकोले त्यस्ता बालबालिकालाई शिक्षामा जोड्ने बारे जानकारी दिनु भयो । गरिबी बेरोजगारीका कारण बिचमै बिध्यालय छाड्नेको संख्या धेरै बढेको बताउनुभयो। त्यसैगरी कार्यक्रममा बोल्दै चौकुने गाउँपालिका शिक्षा शाखा प्रमुख टेकेन्द्र बुढाले शिक्षाको पहुँच बाट टाढा रहने बालबालिका लाई समेट्न प्रयास गर्ने बताउनु भयो।

लैङ्गिक समतामुलक तथा समाबेशी शिक्षाको माध्यमबाट समाबेशी र लैङ्गिकमैत्री समाज विकाशमा योगदानका खातिर लाग्ने बताउनुभयो। चौकुने गाउँपालिका उपाध्यक्ष नर बहादुर बान्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान कर्णाली प्रदेश प्रदेश अधिकृत माया सापकोटा ,चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस् वासपाने ,चौकुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पुर्ण बहादुर बि क , स्वास्थ्य शाखा प्रमुख ईन्द्र बहादुर जैसुरी ,वडा न ८ वडा अध्यक्ष कमल जि सी ,वडा न ७ वडा अध्यक्ष धनिराम धमला , वडा न ६ वडा अध्यक्ष गोबिन्द थापा ,वडा न ४ वडा अध्यक्ष टोप बहादुर बि सी ,ईलाका प्रहरी कार्यलय गुटुका असई अनिल कुमार शाही , शिक्षक, स्याक नेपाल संस्थाका चौकुने कार्यक्रम संयोजक गणेश बिक , स्वसेक नेपाल संस्थाका कार्यक्रम अधिकृत अर्जुन शाही ,अपाङ्गता सचेतना केन्द्र चौकुनेका अध्यक्ष दिपक गौतम ,पत्रकार लगायतको सहभागिता रहेको थियो।

सम्पन्न कार्यक्रमबाट चौकुने गाउँपालिका उपाध्यक्ष नर बहादुर बान्तोलाको संयोजकत्वमा २१ सदस्यीय चौकुने गाउँपालिका स्तरीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरेको छ।कार्यक्रमको सहजीकरण शिक्षाका लागि राष्ट्रिय अभियान कर्णाली प्रदेश प्रदेश अधिकृत माया सापकोटले गर्नु भएको थियो।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा चौकुने ५ मायाताल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई…
सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र निर्वाचन समीक्षा केन्द्रमा

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र…

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। भेलामा पार्टीको वर्तमान साङ्गठनिक अवस्था,…
लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं, जेठ २७ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *