गुल्मी — गुल्मी दरबार गाउँपालिका–६ बेलपोखरीमा करिब दुई महिनादेखि बेपत्ता भएका ५५ वर्षीय रतन शाहीको मृत्यु भएको पुष्टि भएको छ। सोमबार राति एक कुकुरले गाउँमा शाहीको टाउको ल्याएपछि घटनाले सनसनी मच्चाएको थियो।
स्थानीयले उक्त दृश्य देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। त्यसपछि खोजीमा खटिएको प्रहरी टोलीले मंगलबार बिहान टाउको फेला परेको स्थानदेखि करिब ५०० मिटर पर जंगलमा अस्थिपञ्जर फेला पारेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
प्रहरीका अनुसार, कंकालसँगै भेटिएका कपडाबाट मृतकको पहिचान गरिएको हो। शव पहिचान उनका छोरा केहरसिंह शाहीले गरेका हुन्।
रतन शाही विगत दुई महिनादेखि हराइरहेका थिए। उनी एक्लै बस्ने गर्थे र मानसिक अवस्था पनि पूर्णरूपमा सामान्य नभएको बताइएको छ। प्रारम्भिक अनुसन्धानमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।
घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक भुपेन्द्र थापाको नेतृत्वमा टोली परिचालन गरिएको छ। हाल घटनास्थलमा आवश्यक प्रमाण संकलन र अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं — राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ। सङ्घले मेयर साहले…
सुर्खेत । वीरेन्द्रनगरमा ब्राउनसुगरसहित दुई जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान करिब १० बजे वीरेन्द्रनगर नगरपालिका–३ मा लागुऔषध कारोवार…