• चैत्र २५, २०८१
  • No Comment
  • 163

रवि लामिछाने आज अदालतमा उपस्थित, आजै थुनामा पठाइने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज रूपन्देही जिल्ला अदालतमा उपस्थित गराइँदैछ।

शुक्रबार काठमाडौंको हात्तीगौंडाबाट पक्राउ परेका लामिछानेलाई रूपन्देही ल्याइएपछि जिल्ला प्रहरी कार्यालयले उनलाई अदालतमा उपस्थित गराउने तयारी गरेको हो।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी, डिएसपी सुरज कार्कीका अनुसार, लामिछानेलाई कार्यालय समय सुरू भएपछि अदालतमा पेश गरिनेछ, र अदालतको प्रक्रिया पूरा गरेपछि आजै थुनामा पठाइने जानकारी दिएका छन्।

सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई एक करोड धरौटीमा छाड्ने आदेश दिएको थियो। तर सो आदेशलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उल्ट्याउँदै थुनामा पठाउन आदेश दिएको हो।

उक्त आदेशपछि शुक्रबार नै प्रहरीले लामिछानेलाई पक्राउ गरी रूपन्देही पठाएको थियो। लामिछानेले अदालतमा साधारण तारेखमा रिहा हुने माग गरेका थिए, तर अदालतले गम्भीर अपराधको आशंका गर्दै थुनामै पठाउनुपर्ने ठहर गरेको हो।

 

सम्बन्धित खबर

प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?

प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?

काठमाडौं । पछिल्लो समय वायु प्रदूषण बढेसँगै धेरै मानिसमा घाँटी खसखस हुने, चिलाउने, बारम्बार खकार निकाल्न मन लाग्ने तथा खोकी लागिरहने…
कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

सुर्खेत, जेठ १५ — बालिका, किशोरी तथा महिलामाथि हुने लैङ्गिक विभेद, बालविवाह, छाउपडी कुप्रथा, घरेलु हिंसा, यौन दुव्र्यवहार तथा मानव बेचबिखनजस्ता…
चौकुने गाउँपालिका वडा न. ९ र १० को घाटगाऊँ बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु वडा अध्यक्ष र प्रहरीको रोहवरमा नष्ट

चौकुने गाउँपालिका वडा न. ९ र १० को घाटगाऊँ…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा घाटगाउँको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…

Leave a Reply

Your email address will not be published. Required fields are marked *