• चैत्र २२, २०८१
  • No Comment
  • 146

कालीकोटमा गर्भवतीको हेलिकोप्टरद्धारा उद्धार

कालीकोट। कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ की सबिना बुढामगरलाई जटिल अवस्थामा हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको छ।

गर्भको १६ औँ हप्तामा रहेकी बुढामगरलाई अत्यधिक रक्तस्राव भएपछि जिल्ला अस्पताल कालीकोटमा भर्ना गरिएको थियो। अस्पतालले दुई पिन्ट रगत चढाए पनि अवस्था जटिल हुँदै गएको कारण तत्काल हेलिकोप्टरमार्फत सुर्खेत रिफर गरिएको हो।

जिल्ला अस्पताल कालीकोटका डा. दर्शनराज पाण्डेका अनुसार, गर्भवतीको ज्यान बचाउन अस्पतालले सबै प्रयास गर्‍यो तर सुधार नदेखिएपछि तत्काल जिल्ला प्रशासन कार्यालयमार्फत हेलिकोप्टरको सिफारिस गरिएको थियो।

प्रशासनको सिफारिसपछि राष्ट्रपति महिला उत्थान समन्वय एकाइमार्फत हेलिकोप्टरको व्यवस्था गरि बुढामगरको सफल उद्धार भएको हो ।

हाल कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा उपचाररत सबिनाको अवस्था खतरामुक्त रहेको चिकित्सकहरूले जनाएका छन्।

सम्बन्धित खबर

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी मर्कामा

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी…

 फागुन,२९ सल्यान। गर्मी सिजन सुरु भएसँगै विद्यालयमा खानेपानीको चरम संकट उत्पन्न हुन थालेको छ । करिव १ हजारकाे हाराहारीमा रहेको विद्यार्थीलाई…
चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती मन्दिर निर्माण कार्य सुरु

चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती…

सुर्खेत। सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–८ भट्टेसरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको परिसरमा सरस्वती मन्दिर निर्माण कार्य सुरु गरिएको छ। लालझाडी…
ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभावबारे परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *