- चैत्र १८, २०८१
- No Comment
- 84
पञ्चपुरीकाे जनता बहुमुखी क्याम्पसकाे स्ववीयु निर्वाचन आज सुरू

पश्चिम सुर्खेतको एकमात्र बिध्यापुर जनता बहुमुखी क्याम्पस पञ्चपुरी -९ मा स्वबियु निर्वाचनका लागि ७:२० देखि मतदान शुरुभएको छ। ३४० जना मतदाता संख्या रहेको सो क्याम्पसमा अनेरास्वबियु र नेबिसंघको छुट्टा छुट्टै संयुक्त प्यानल निर्वाचनमा होमिएका छन।
जनक बिष्ट र सचिब हार्दिक भण्डारीको नेतृत्वमा संयुक्त प्यानल निर्वाचनमा उत्रेको छ भने चेतन नेपालीको नेतृत्वमा नेबिसंघको प्यानल निर्वाचनमा होमिएको छ।
स्वबियु निर्वाचन बिध्यापुर जनता बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत चन्द्र प्रसाद पौड्याल का अनुसार निर्धारित समयमै मतदान शुरु भएको र साँझ ५ बजेसम्म मतदान हुनेछ ३४० मतदान रहेको क्याम्पसमा अहिले बिहान ९ बजेसम्मको ताजा अपडेट अनुसार १२१ मत खसेको जानकारी प्राप्त भएको छ
