• चैत्र १७, २०८१
  • No Comment
  • 74

आईपीएल क्रिकेटमा गुजरातको पहिलो जीत, मुम्बई ३६ रनले पराजित

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले पहिलो जीत निकालेको छ। हिजो अहमदावादमा सम्पन्न खेलमा गुजरातले मुम्बई इण्डियन्सलाई ३६ रनले हराएको हो।

एक सय ९७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउँदै १६० रन मात्र बनाउन सक्यो। मुम्बईका सूर्यकुमार यादवले सर्वाधिक ४८ रन बनाए। गुजरातका बलर मोहम्मद सिराज र प्रसिद्ध कृष्णाले समान दुई-दुई विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९६ रनको चुनौतीपूर्ण स्कोर खडा गरेको थियो। गुजरातका साई सुदर्शनले सर्वाधिक ६३ रनको उत्कृष्ट प्रदर्शन गरे भने मुम्बईका हार्दिक पाण्ड्याले २ विकेट लिए।

गुजरातले यस सिजनको दोस्रो खेलमा पहिलो जीत हात पारेको हो। मुम्बईका लागि भने यो लगातार दोस्रो हार हो।

आईपीएल क्रिकेटमा आज दुई खेल हुँदैछन्। पहिलो खेल दिउँसो पौने ४ बजे दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच हुनेछ भने दोस्रो खेल बेलुका पौने ८ बजे राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ।

 

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *