• चैत्र १६, २०८१
  • No Comment
  • 105

यस्ता छन, स्तन क्यान्सरका लक्षण र बच्ने उपाय

 स्तन क्यान्सर महिलाहरूमा देखिने प्रमुख क्यान्सरमध्ये एक हो। यो स्तनमा रहेका कोषहरूको अनियन्त्रित वृद्धि र असामान्य संरचनाका कारण हुने रोग हो, जुन रक्तनली तथा लिम्फनलीमार्फत शरीरका अन्य भागहरूमा फैलिन सक्छ।

चिकित्सकहरूका अनुसार स्तन क्यान्सरको प्रारम्भिक पहिचान गरिएमा यसको उपचार सम्भव छ। यस रोगका लक्षणहरू प्रस्ट भए पनि कतिपय अवस्थामा प्रारम्भिक चरणमा कुनै विशेष संकेत देखिँदैन।

स्तन क्यान्सरका लक्षणहरू

स्तनमा गिर्खा वा गाँठो देखिनु स्तन क्यान्सरको प्रमुख संकेत हो। कतिपय अवस्थामा यी गाँठाहरू दुख्ने हुँदैनन्, जसका कारण धेरै महिलाले ध्यान नदिने सम्भावना रहन्छ। त्यस्तै, स्तनमा असामान्य परिवर्तन देखिनु, स्तन सुन्निनु, छालामा निको नहुने घाउ आउनु वा स्तनको मुन्टाबाट रगत वा पीप बग्नु पनि क्यान्सरको लक्षण हुन सक्छ।

कसरी बच्ने यस्ता छन उपाय 

स्वास्थ्य विशेषज्ञहरूका अनुसार स्तन क्यान्सरको जोखिम कम गर्न केही सावधानीहरू अपनाउन सकिन्छ। स्तनको नियमित परीक्षण गर्नाले प्रारम्भिक चरणमै रोग पहिचान गर्न सकिन्छ, जसले उपचार प्रभावकारी बनाउँछ। साथै, सन्तुलित आहार, नियमित व्यायाम, तौल नियन्त्रण, मद्यपान तथा धूम्रपानबाट टाढा रहनु जस्ता उपायहरूले पनि स्तन क्यान्सरको जोखिम कम गर्न मद्दत पुर्याउँछ।

चिकित्सकहरूका अनुसार स्तन क्यान्सरबारे सचेतना फैलाउनु र महिलाहरूलाई समयमै जाँच गर्न प्रेरित गर्नु रोग नियन्त्रणका लागि प्रभावकारी उपाय हो।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *