• चैत्र १६, २०८१
  • No Comment
  • 201

यस्ता छन, स्तन क्यान्सरका लक्षण र बच्ने उपाय

 स्तन क्यान्सर महिलाहरूमा देखिने प्रमुख क्यान्सरमध्ये एक हो। यो स्तनमा रहेका कोषहरूको अनियन्त्रित वृद्धि र असामान्य संरचनाका कारण हुने रोग हो, जुन रक्तनली तथा लिम्फनलीमार्फत शरीरका अन्य भागहरूमा फैलिन सक्छ।

चिकित्सकहरूका अनुसार स्तन क्यान्सरको प्रारम्भिक पहिचान गरिएमा यसको उपचार सम्भव छ। यस रोगका लक्षणहरू प्रस्ट भए पनि कतिपय अवस्थामा प्रारम्भिक चरणमा कुनै विशेष संकेत देखिँदैन।

स्तन क्यान्सरका लक्षणहरू

स्तनमा गिर्खा वा गाँठो देखिनु स्तन क्यान्सरको प्रमुख संकेत हो। कतिपय अवस्थामा यी गाँठाहरू दुख्ने हुँदैनन्, जसका कारण धेरै महिलाले ध्यान नदिने सम्भावना रहन्छ। त्यस्तै, स्तनमा असामान्य परिवर्तन देखिनु, स्तन सुन्निनु, छालामा निको नहुने घाउ आउनु वा स्तनको मुन्टाबाट रगत वा पीप बग्नु पनि क्यान्सरको लक्षण हुन सक्छ।

कसरी बच्ने यस्ता छन उपाय 

स्वास्थ्य विशेषज्ञहरूका अनुसार स्तन क्यान्सरको जोखिम कम गर्न केही सावधानीहरू अपनाउन सकिन्छ। स्तनको नियमित परीक्षण गर्नाले प्रारम्भिक चरणमै रोग पहिचान गर्न सकिन्छ, जसले उपचार प्रभावकारी बनाउँछ। साथै, सन्तुलित आहार, नियमित व्यायाम, तौल नियन्त्रण, मद्यपान तथा धूम्रपानबाट टाढा रहनु जस्ता उपायहरूले पनि स्तन क्यान्सरको जोखिम कम गर्न मद्दत पुर्याउँछ।

चिकित्सकहरूका अनुसार स्तन क्यान्सरबारे सचेतना फैलाउनु र महिलाहरूलाई समयमै जाँच गर्न प्रेरित गर्नु रोग नियन्त्रणका लागि प्रभावकारी उपाय हो।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *