- चैत्र १६, २०८१
- No Comment
- 50
कुटपिट मुद्धाका फरार १ जना अभियुक्त पक्राउ

कुटपिट मुद्धाका फरार प्रतिवादीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । सुर्खेत जिल्ला अदालत सुर्खेतको फैसला पश्चात लागत नं ४०४० मा जरिवना फैसला भएको तर फरार रहेका सागर नेपाली लाई खोजतलास गर्ने क्रममा प्रहरीको टोलिले पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी सुर्खेतले जानकारी दिएको हो ।
वीरेन्द्रनगर -१ बस्ने २१ वर्षीय नेपालीलाई ५ हजार जरिवाना तोकेको कार्यालय ले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलि वीरेन्द्रनगर- १० मा लुकिछिपि बसेको अवस्थामा फेला पारिएको सुर्खेतका प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक वीरेन्द्र विश्वकर्माले जानकारी दिए ।
साथै उनलाई पक्राउ गरी सुर्खेत जिल्ला अदालतमा पठाइ आवश्यक अनुसन्धान भइरहेको विश्वकर्माले बताए ।