• चैत्र १६, २०८१
  • No Comment
  • 67

लागुऔषधसहित सुर्खेतमा दुई जनालाई पक्राउ

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ७ बस्ने २८ बर्षिय सुमन मगर र सोही ठाउ बस्ने ४१ बर्षिय बल बहादुर कालुङ रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार वीरेन्द्रनगर नगरपालीका ९ मा रहेको शुभलक्ष्मी होटलमा लागुऔषधको कारोबार भैरहेको छ, भन्ने गोप्य सुचनाका आधारमा प्रहरी र लागुऔषध नियन्त्रण व्युरोको संयुक्त प्रहरी टोलीले मगर र कालुङलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

मगर र कालुङलाई शुभलक्ष्मी होटलको कोठा नं १०८ मा संकास्पद अवस्थामा फेलापारी उनीहरुको शरीर तथा घारकोठा खानतलासी गर्दा उनीहरुको साथबाट २.११० – दुइ ग्राम एक सय दश मिलिग्राम लागुऔषध (ब्राउनसुगर) जस्तो देखीने धुलो पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम सुचना अधिकारी बिरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।

पक्राउ परेका मगर र कालुङलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान भईरहेको विश्वकर्माले बताए ।

सम्बन्धित खबर

कर्णालीमा विद्यार्थीको माग: सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुट तत्काल लागू गरियोस

कर्णालीमा विद्यार्थीको माग: सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुट…

 सुर्खेत। कर्णाली प्रदेशका विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुटको व्यवस्था तत्काल कार्यान्वयन गर्न माग गर्दै…
वीरेन्द्रनगरको एक फार्मेसीमा अवैध ट्रमाडोल बिक्री, तीन जना पक्राउ

वीरेन्द्रनगरको एक फार्मेसीमा अवैध ट्रमाडोल बिक्री, तीन जना पक्राउ

 सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित एरीचोकमा रहेको जयलक्ष्मी फार्मेसीबाट लागुऔषध ट्रमाडोलसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले…
भेरीगंगाकाे बिरेडाँडाबाट अवैध सालकाे काठसहित ३ जना पक्राउ

भेरीगंगाकाे बिरेडाँडाबाट अवैध सालकाे काठसहित ३ जना पक्राउ

सुर्खेत।  सुर्खेतको भेरीगंगा नगरपालिकामा प्रहरीले चोरी पैठारी गरी ल्याउँदै गरिएको सालको काठ सहित ३ जनालार्इ  पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय छिन्चुबाट…

Leave a Reply

Your email address will not be published. Required fields are marked *