• चैत्र १६, २०८१
  • No Comment
  • 139

तुलसीकाे उपयाेगले यसरी संक्रमणबाट बच्न मदत गर्छ

रोग तथा संक्रमणबाट बच्न तुलसी निकै प्रभावकारी मानिन्छ। आयुर्वेदमा तुलसीलाई चमत्कारी औषधिका रूपमा लिइन्छ। तुलसीले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै घाँटी दुखाइ, रुघाखोकी र ज्वरोजस्ता समस्याहरूमा राहत दिन्छ।

तुलसीमा पाइने एन्टिअक्सिडेन्ट र एन्टी-ब्याक्टेरियल गुणले शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ। विशेष गरी वर्षायाममा, संक्रमणको जोखिम उच्च हुने हुँदा तुलसीको सेवन लाभदायक हुन्छ।

यसैगरी, तुलसीको काढा पिउनाले बलगम कम गर्न मद्दत गर्छ र सास फेर्न सजिलो बनाउँछ। यसले रुघाखोकी तथा घाँटी दुखाइलाई पनि कम गर्छ। तुलसीमा एडाप्टोजेन गुण पाइन्छ, जसले मानसिक तनाव कम गर्छ। नियमित रूपमा तुलसीको झोल पिउँदा मन शान्त हुन्छ र निद्राको गुणस्तरमा सुधार आउँछ।

तुलसीको काढा ग्यास, अपच वा कब्जियत जस्ता समस्याहरूको प्राकृतिक उपचार हुन सक्छ। यसले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ। तुलसीको काढा पिउँदा दम, ब्रोन्काइटिस तथा अन्य श्वासप्रश्वाससम्बन्धी समस्यामा राहत मिल्छ। यसले फोक्सोलाई सफा गर्ने र म्यूकस हटाउने कार्य गर्छ।

तुलसीको झोल पिउँदा शरीरबाट विषाक्त पदार्थहरू निस्कन्छ, जसले छाला स्वस्थ र चम्किलो बनाउँछ। यसले मुँहासे तथा छालासम्बन्धी संक्रमण कम गर्छ।

तुलसीको झोल बनाउने विधि

तुलसीको झोल बनाउनका लागि ५-६ ताजा तुलसीका पातहरू, १ कप पानी, ½ चम्चा पिसेको अदुवा (वैकल्पिक), २-३ कालो मरिच (पिसेको) तथा स्वाद अनुसार मह आवश्यक हुन्छ।

तुलसीका पात राम्ररी धुने, एक कप पानी उमालेर त्यसमा तुलसीका पात राख्ने, अदुवा र कालो मरिच हालेर ५-७ मिनेट उमाल्ने, मिश्रणलाई छानेर स्वाद अनुसार मह थप्ने र मनतातो पिउने विधि अपनाइन्छ।

तुलसी स्वास्थ्यका लागि निकै लाभदायक जडीबुटी हो। यसको नियमित सेवनले शरीरलाई स्वस्थ राख्न मात्र होइन, विभिन्न संक्रमण तथा रोगहरूबाट बच्न पनि मद्दत गर्छ।

सम्बन्धित खबर

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।…
कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

 काठमाडौँ — कर्णाली क्षेत्रका महिलाको जीवन, संघर्ष र भोगाइलाई केन्द्रमा राखेर लेखिएको सिर्जु शाहको पहिलो उपन्यास ‘बैकिनी’ आइतबार काठमाडौँमा आयोजित एक…
बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

सुर्खेत । बैंकिङ कसूर मुद्दामा फरार रहेकी दैलेखको नौमुले गाउँपालिका–८ स्थायी घर भएकी कमला कुमारी शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *