• चैत्र १६, २०८१
  • No Comment
  • 77

तुलसीकाे उपयाेगले यसरी संक्रमणबाट बच्न मदत गर्छ

रोग तथा संक्रमणबाट बच्न तुलसी निकै प्रभावकारी मानिन्छ। आयुर्वेदमा तुलसीलाई चमत्कारी औषधिका रूपमा लिइन्छ। तुलसीले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै घाँटी दुखाइ, रुघाखोकी र ज्वरोजस्ता समस्याहरूमा राहत दिन्छ।

तुलसीमा पाइने एन्टिअक्सिडेन्ट र एन्टी-ब्याक्टेरियल गुणले शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ। विशेष गरी वर्षायाममा, संक्रमणको जोखिम उच्च हुने हुँदा तुलसीको सेवन लाभदायक हुन्छ।

यसैगरी, तुलसीको काढा पिउनाले बलगम कम गर्न मद्दत गर्छ र सास फेर्न सजिलो बनाउँछ। यसले रुघाखोकी तथा घाँटी दुखाइलाई पनि कम गर्छ। तुलसीमा एडाप्टोजेन गुण पाइन्छ, जसले मानसिक तनाव कम गर्छ। नियमित रूपमा तुलसीको झोल पिउँदा मन शान्त हुन्छ र निद्राको गुणस्तरमा सुधार आउँछ।

तुलसीको काढा ग्यास, अपच वा कब्जियत जस्ता समस्याहरूको प्राकृतिक उपचार हुन सक्छ। यसले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ। तुलसीको काढा पिउँदा दम, ब्रोन्काइटिस तथा अन्य श्वासप्रश्वाससम्बन्धी समस्यामा राहत मिल्छ। यसले फोक्सोलाई सफा गर्ने र म्यूकस हटाउने कार्य गर्छ।

तुलसीको झोल पिउँदा शरीरबाट विषाक्त पदार्थहरू निस्कन्छ, जसले छाला स्वस्थ र चम्किलो बनाउँछ। यसले मुँहासे तथा छालासम्बन्धी संक्रमण कम गर्छ।

तुलसीको झोल बनाउने विधि

तुलसीको झोल बनाउनका लागि ५-६ ताजा तुलसीका पातहरू, १ कप पानी, ½ चम्चा पिसेको अदुवा (वैकल्पिक), २-३ कालो मरिच (पिसेको) तथा स्वाद अनुसार मह आवश्यक हुन्छ।

तुलसीका पात राम्ररी धुने, एक कप पानी उमालेर त्यसमा तुलसीका पात राख्ने, अदुवा र कालो मरिच हालेर ५-७ मिनेट उमाल्ने, मिश्रणलाई छानेर स्वाद अनुसार मह थप्ने र मनतातो पिउने विधि अपनाइन्छ।

तुलसी स्वास्थ्यका लागि निकै लाभदायक जडीबुटी हो। यसको नियमित सेवनले शरीरलाई स्वस्थ राख्न मात्र होइन, विभिन्न संक्रमण तथा रोगहरूबाट बच्न पनि मद्दत गर्छ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *