• चैत्र १५, २०८१
  • No Comment
  • 158

सनराइजर्सविरुद्ध लखनउको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदरावादलाई पाँच विकेटले पराजित गरेको छ। टस जितेर फिल्डिङ रोजेको लखनउले हैदरावादलाई ९ विकेट गुमाएर १९० रनमा सीमित गर्‍यो।

१९१ रनको लक्ष्य पछ्याउँदै लखनउले १६.१ ओभरमै ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। निकोलस पुरनले विस्फोटक ७० रन बनाए भने मिचेल मार्शले ५२ रनको योगदान दिए। कप्तान ऋषभ पन्त १५ रनमा आउट भए।

हैदरावादका लागि ट्रेभिस हेडले सर्वाधिक ४७ रन बनाए। अंकत बर्माले १३ बलमा ३६ रन जोड्दा, नितिश रेड्डीले ३२ रन बनाए। लखनउका शार्दुल ठाकुरले घातक बलिङ गर्दै ४ विकेट लिए।

यो जितसँगै लखनउले दुई खेलबाट दुई अंक जोडेको छ भने हैदरावादको यो पहिलो हार हो।

सम्बन्धित खबर

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६…
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…

Leave a Reply

Your email address will not be published. Required fields are marked *