• चैत्र १४, २०८१
  • No Comment
  • 58

“पोखराबाट अपहरणमा परेकी अमेरिकी महिला मकवानपुरबाट सुरक्षित उद्धार, नेपाली महिला पक्राउ”

पोखराबाट अपहरणमा परेकी ७० वर्षीया अमेरिकी महिला मकवानपुरबाट सुरक्षित उद्धार गरिन। पोखरामा घुम्न आएका ती महिलालाई एक नेपाली महिला, ३७ वर्षीया सरिता लामा, ले अपहरण गरी मकवानपुरको एक स्थानमा बन्धक बनाएकी थिइन्। सरिता लामा नुवाकोटको बेलकोटगढी नगरपालिका–४ की निवासी हुन्। उनले उक्त अमेरिकी महिलासँग ३ लाख रुपैयाँको फिरौती मागेपछि काठमाडौंस्थित अमेरिकन दूतावासलाई घटनाबारे जानकारी गराइएको थियो।

सूचनाको आधारमा कास्की र मकवानपुर प्रहरीले संयुक्त रूपमा अनुसन्धान थालेको थियो र सरिता लामालाई पक्राउ गरी अमेरिकी महिलालाई सुरक्षित उद्धार गरिएको छ। प्रहरीको छानबिन अनुसार, लामाले अपहरण गरी बन्धक बनाई रकम मागेकी थिइन्। यस घटनामा लामाविरुद्ध अपहरण र शरीर बन्धक बनाउने आरोपमा काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्यादमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

सम्बन्धित खबर

कर्णालीमा विद्यार्थीको माग: सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुट तत्काल लागू गरियोस

कर्णालीमा विद्यार्थीको माग: सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुट…

 सुर्खेत। कर्णाली प्रदेशका विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुटको व्यवस्था तत्काल कार्यान्वयन गर्न माग गर्दै…
वीरेन्द्रनगरको एक फार्मेसीमा अवैध ट्रमाडोल बिक्री, तीन जना पक्राउ

वीरेन्द्रनगरको एक फार्मेसीमा अवैध ट्रमाडोल बिक्री, तीन जना पक्राउ

 सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित एरीचोकमा रहेको जयलक्ष्मी फार्मेसीबाट लागुऔषध ट्रमाडोलसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले…
भेरीगंगाकाे बिरेडाँडाबाट अवैध सालकाे काठसहित ३ जना पक्राउ

भेरीगंगाकाे बिरेडाँडाबाट अवैध सालकाे काठसहित ३ जना पक्राउ

सुर्खेत।  सुर्खेतको भेरीगंगा नगरपालिकामा प्रहरीले चोरी पैठारी गरी ल्याउँदै गरिएको सालको काठ सहित ३ जनालार्इ  पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय छिन्चुबाट…

Leave a Reply

Your email address will not be published. Required fields are marked *