• चैत्र १३, २०८१
  • No Comment
  • 158

उर्जामन्त्रालयले कुलमानलाई बर्खास्त गर्नुको १० कारणसहित पठायो पत्र

कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउनुका कारणसहित उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले पत्र पठाएको छ । मन्त्रिपरिषद्ले सोमबार गरेको निर्णयको पत्र कुलमानलाई मंगलबार मात्रै पठाएको हो ।

ऊर्जा सचिव सुरेश आचार्यको हस्ताक्षरसहित मन्त्रालयले कुलमानलाई पठाएको तीन पृष्ठ लामो पत्रमा बर्खास्त गर्नुपर्ने कारणहरूलाई १० वटा बुँदामा उल्लेख गरेको छ ।

मन्त्रालयले कार्यसम्पादन सम्झौता र पदीय जिम्मेवारी अनुरुपका कार्यहरू नगरेको, मन्त्रिपरिषद्ले सफाइ पेस गर्ने मौका दिए पनि सफाइ सन्तोषजनक नदेखिएको, आफ्नो पदको जिम्मेवारी पूरा गर्न नसकेको र सरकारविरुद्ध सञ्चार माध्यममा अभिव्यक्ति दिएकोलगायत आरोप लगाएको छ । साथै, भारतसँग विद्युत व्यापारसम्बन्धी सम्झौता गर्दा सरकारको अनुमति नलिएको भनेर समेत गम्भीर आरोप लगाएको छ ।

‘नेपाल विद्युत प्राधिकरण, कार्यकारी निर्देशक वा महाप्रवन्धकको सेवाको शर्त तथा सुविधासम्बन्धी विनियमावली, २०६१ (संशोधनसहित) को विनियम २२ को खण्ड (क) बमोजिम नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने भनी नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१\१२\११ को बैठकबाट निर्णय भएको व्यहोरा जानकारी गराउँदछु,’ पत्रमा उल्लेख छ ।

सम्बन्धित खबर

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…
गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

काठमाडौं । गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्न पर्याप्त पानी पिउनु अत्यन्त आवश्यक मानिन्छ । तर तिर्खा लाग्दा धेरैलाई एउटा प्रश्नले अलमल्याउँछ—फ्रिजको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *