• चैत्र १३, २०८१
  • No Comment
  • 74

काठमाडौंमा १५ चैतका प्रदर्शनबारे अष्ट्रेलियाको चेतावनी

काठमाडौं – अष्ट्रेलिया सरकारले काठमाडौंमा १५ चैतका लागि तय गरिएको ठूला राजनीतिक प्रदर्शनलाई लिएर सतर्क रहन आग्रह गरेको छ। नेपालस्थित अष्ट्रेलियाली राजदूत लिन जोन्स्टनले प्रदर्शनका कारण ट्राफिक अवरुद्ध हुन सक्ने, ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिने र आवश्यक परेमा स्थानीय प्रशासनले कर्फ्यू लगाउने सम्भावना रहेको बताएकी छिन्।

उनले अष्ट्रेलियाली नागरिकहरूलाई अनावश्यक हिँडडुल सीमित गर्न, प्रदर्शन प्रभावित क्षेत्रबाट टाढा रहन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेकी छिन्।

चैत १५ मा काठमाडौंमा राजावादी र गणतन्त्रवादी समूहले छुट्टाछुट्टै शक्ति प्रदर्शन गर्ने तयारी गरेका छन्, जसका कारण सुरक्षा व्यवस्था कडा पारिने अनुमान गरिएको छ।

सम्बन्धित खबर

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोट। जाजरकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ। भेरी नगरपालिका-६, गंगटियाकी ८ वर्षीया बालिका दिक्षा शाहीको उपचारका क्रममा मृत्यु भएको…
सुर्खेत प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर

सुर्खेत प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा…

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतस्थित प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अस्पतालको बिलिङबाट संकलन…
सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

 (सोमबार) नेपाली बजारमा छापावाल सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *