• चैत्र १३, २०८१
  • No Comment
  • 190

काठमाडौंमा १५ चैतका प्रदर्शनबारे अष्ट्रेलियाको चेतावनी

काठमाडौं – अष्ट्रेलिया सरकारले काठमाडौंमा १५ चैतका लागि तय गरिएको ठूला राजनीतिक प्रदर्शनलाई लिएर सतर्क रहन आग्रह गरेको छ। नेपालस्थित अष्ट्रेलियाली राजदूत लिन जोन्स्टनले प्रदर्शनका कारण ट्राफिक अवरुद्ध हुन सक्ने, ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिने र आवश्यक परेमा स्थानीय प्रशासनले कर्फ्यू लगाउने सम्भावना रहेको बताएकी छिन्।

उनले अष्ट्रेलियाली नागरिकहरूलाई अनावश्यक हिँडडुल सीमित गर्न, प्रदर्शन प्रभावित क्षेत्रबाट टाढा रहन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेकी छिन्।

चैत १५ मा काठमाडौंमा राजावादी र गणतन्त्रवादी समूहले छुट्टाछुट्टै शक्ति प्रदर्शन गर्ने तयारी गरेका छन्, जसका कारण सुरक्षा व्यवस्था कडा पारिने अनुमान गरिएको छ।

सम्बन्धित खबर

श्रममन्त्रीको सवारी चालक आलम अपहरण आरोपमा पक्राउ

श्रममन्त्रीको सवारी चालक आलम अपहरण आरोपमा पक्राउ

काठमाडौँ । रामजी यादवका सवारी चालक मुस्तकिम आलम अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा पक्राउ परेका छन्। प्रहरीले उनलाई सोमबार पक्राउ…
५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *