- चैत्र १०, २०८१
- No Comment
- 147
सोमबारदेखि तेस्रो लहान मेयर गोल्डकप फुटबल सुरु
लहान, सिरहा – लहान नगरपालिकाको सहयोगमा सोमबारदेखि तेस्रो लहान मेयर गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नाराका साथ आयोजित प्रतियोगिता लहान–७ स्थित पशुपति आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुनेछ।
आयोजक हिम कस्तुरी युवा क्लबका अध्यक्ष शम्भु चौधरीका अनुसार प्रतियोगितामा दश टोली सहभागी हुनेछन्। उद्घाटन खेलमा झापा फुटबल क्लब र बारा एपिएच क्लबबीच प्रतिस्पर्धा हुनेछ।
विजेता टोलीलाई रु २ लाख ११ हजार र उपविजेता टोलीलाई रु १ लाख ११ हजार नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिता सफल बनाउन स्थानीय निकाय तथा विभिन्न संघसंस्थाको सहयोग रहेको छ।