• चैत्र ९, २०८१
  • No Comment
  • 140

जाजरकोटमा ट्याक्टरले ठक्कर दिँदा १ जनाको मृत्यु

जाजरकोट, ८ चैत्र । जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ५ स्थित दम्दलामा ट्याक्टरले ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ ६ बजेको समयमा दम्दलाबाट सरिया लोड गरी पाँचकाटिया तर्फ आउँदै गरेको एस.के निर्माण कम्पनीको रा.१. त. ४४७१ नम्बरको ट्याक्टरले ठक्कर दिदाँ दुर्घटना भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा जाजरकोट भेरी नगरपालिका वडा नम्बर २ का १६ वर्षीय सन्तोष सिंह रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रहरीका अनुसार घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरिक्षक सन्तोष चन्द्रको कमाण्डमा ११ जनाको टोलि खटिएको छ । ट्याक्टर चालक फरार रहेका छन भने ट्याक्टर नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *