• चैत्र ८, २०८१
  • No Comment
  • 219

सुर्खेतमा डिजिटल कर्णाली कन्क्लेभ २०२५, वैशाख ५ र ६ गते आयोजना हुने

सुर्खेत, चैत ८ – कर्णाली प्रदेशको राजधानी सुर्खेतमा डिजिटल कर्णाली कन्क्लेभ २०२५ को दोस्रो संस्करण वैशाख ५ र ६ गते आयोजना हुने भएको छ। कर्णाली प्रदेश सरकार र आइसिटी फाउन्डेसन नेपालको सहकार्यमा हुने यस सम्मेलनका लागि बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कर्णाली प्रदेश र आइसिटी फाउन्डेसन नेपालबीच सम्झौता सम्पन्न भएको छ।

वीरेन्द्रनगरस्थित सिद्धार्थ सन्नी रिसोर्टमा दुई दिनसम्म सञ्चालन हुने कन्क्लेभमा डिजिटल कर्णालीको वर्तमान अवस्था, सम्भावना, अवसर र चुनौती विषयमा गहन छलफल हुनेछ। ‘इम्पावरिङ द फ्युचर: इन्नोभेसन, कनेक्टिभिटी एन्ड सस्टेनेबिलिटी’ नाराका साथ आयोजना हुने यस कार्यक्रममा ४ वटा प्रमुख प्रस्तुतीकरण  र ८ भन्दा बढी विशेष सेसनहरू रहने अायाेजक जानकारी दिएकाे छ।

डिजिटल रुपान्तरणका विविध पक्षहरूबारे अन्तरक्रिया गर्न कन्क्लेभमा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ वक्ताका रूपमा सहभागी हुनेछन्। साथै, कर्णाली प्रदेशका सम्पूर्ण स्थानीय तह, प्रदेशसभा सदस्य, सरकारी अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहने अायाेजकले जनाएकाे छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पुष्पराज शाहीले कन्क्लेभ कर्णाली प्रदेशको डिजिटल रुपान्तरणलाई अघि बढाउने अवसर हुने विश्वास व्यक्त गरे। आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले डिजिटल साक्षरतासँगै प्रदेशका विभिन्न सम्भावनाहरू उजागर गर्न तथा प्रविधिमार्फत जीवनस्तर उकास्न कन्क्लेभ सहायक हुने बताए।

कन्क्लेभमा डिजिटल पूर्वाधार, डिजिटल नेतृत्व, नीति निर्माण, जनशक्ति विकास, शिक्षा, कृषि, पर्यटन, डिजिटल हेल्थ, इनोभेसन, उद्यमशीलता र ई-गभर्नेन्स लगायतका विषयमा विशेष प्रस्तुति तथा प्यानल छलफल गरिने आयोजकले जनाएको छ।

डिजिटल प्रविधि मार्फत कर्णाली प्रदेशको दिगो विकासलाई तीव्रता दिन यो सम्मेलन कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *