• चैत्र ८, २०८१
  • No Comment
  • 121

सुर्खेतमा डिजिटल कर्णाली कन्क्लेभ २०२५, वैशाख ५ र ६ गते आयोजना हुने

सुर्खेत, चैत ८ – कर्णाली प्रदेशको राजधानी सुर्खेतमा डिजिटल कर्णाली कन्क्लेभ २०२५ को दोस्रो संस्करण वैशाख ५ र ६ गते आयोजना हुने भएको छ। कर्णाली प्रदेश सरकार र आइसिटी फाउन्डेसन नेपालको सहकार्यमा हुने यस सम्मेलनका लागि बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कर्णाली प्रदेश र आइसिटी फाउन्डेसन नेपालबीच सम्झौता सम्पन्न भएको छ।

वीरेन्द्रनगरस्थित सिद्धार्थ सन्नी रिसोर्टमा दुई दिनसम्म सञ्चालन हुने कन्क्लेभमा डिजिटल कर्णालीको वर्तमान अवस्था, सम्भावना, अवसर र चुनौती विषयमा गहन छलफल हुनेछ। ‘इम्पावरिङ द फ्युचर: इन्नोभेसन, कनेक्टिभिटी एन्ड सस्टेनेबिलिटी’ नाराका साथ आयोजना हुने यस कार्यक्रममा ४ वटा प्रमुख प्रस्तुतीकरण  र ८ भन्दा बढी विशेष सेसनहरू रहने अायाेजक जानकारी दिएकाे छ।

डिजिटल रुपान्तरणका विविध पक्षहरूबारे अन्तरक्रिया गर्न कन्क्लेभमा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ वक्ताका रूपमा सहभागी हुनेछन्। साथै, कर्णाली प्रदेशका सम्पूर्ण स्थानीय तह, प्रदेशसभा सदस्य, सरकारी अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहने अायाेजकले जनाएकाे छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पुष्पराज शाहीले कन्क्लेभ कर्णाली प्रदेशको डिजिटल रुपान्तरणलाई अघि बढाउने अवसर हुने विश्वास व्यक्त गरे। आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले डिजिटल साक्षरतासँगै प्रदेशका विभिन्न सम्भावनाहरू उजागर गर्न तथा प्रविधिमार्फत जीवनस्तर उकास्न कन्क्लेभ सहायक हुने बताए।

कन्क्लेभमा डिजिटल पूर्वाधार, डिजिटल नेतृत्व, नीति निर्माण, जनशक्ति विकास, शिक्षा, कृषि, पर्यटन, डिजिटल हेल्थ, इनोभेसन, उद्यमशीलता र ई-गभर्नेन्स लगायतका विषयमा विशेष प्रस्तुति तथा प्यानल छलफल गरिने आयोजकले जनाएको छ।

डिजिटल प्रविधि मार्फत कर्णाली प्रदेशको दिगो विकासलाई तीव्रता दिन यो सम्मेलन कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…
भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी यात्रुको मृत्यु, धेरै घाइते

भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी…

राजस्थानको जैसलमेरमा हिजो बेलुका चलिरहेको एसी बसमा लागेको भीषण आगलागीमा २० भन्दा बढी यात्रुको मृत्यु भएको खबर आएको छ। बसमा सवार…
विहान खाली पेटमा मेथी खानु मुटुका लागि लाभदायक

विहान खाली पेटमा मेथी खानु मुटुका लागि लाभदायक

काठमाडौं । हालका वर्षहरूमा स्वास्थ्यप्रति सचेत मानिसहरूबीच बिहान खाली पेटमा मेथी खाने प्रवृत्ति बढ्दै गएको छ । कतिपयले यसलाई तौल घटाउने…

Leave a Reply

Your email address will not be published. Required fields are marked *